५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनसंख्या असन्तुलित भएकोमा प्रधानमन्त्रीद्वारा चिन्ता व्यक्त



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनसंख्या सन्तुलित नभएकोमा चिन्ता व्यक्त गर्नुभएको छ।

शुक्रबार राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गर्दै उहाँले कम उमेरको संख्या घट्दै गएको र बढी उमेरका जनसंख्या बढ्दै गएकोले नेपालको जनसंख्या सन्तुलित नभएकोमा चिन्ता व्यक्त गर्नुभएको हो ।

‘तथ्यांकले सुशासन, दिगो विकास र अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालका प्रतिवद्धता मापनमा सहयोग पुग्नेछ । तीनवटै तहका योजना बनाउन महत्वपूर्ण हुनेछ, जनसंख्याको वृद्धिदर घट्ने क्रममा छ, पहाड र हिमालको ग्रामीण भेगमा घट्ने, तराईमा बढ्दैछ । जनसंख्या व्यवस्थापनका विशेष कार्यक्रम ल्याउन जनगणनाले महत्त्वपूर्ण भूमिका खेल्नेछ’,प्रधानमन्त्रीले भन्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले असन्तुलित बसाइसराइ व्यवस्थित गर्नुपर्ने आजको आवश्यकता रहेको बताउनुभएको छ । साथै, उहाँले जनगणनामा सहभागी सबैलाई धन्यवाद दिनुभयो ।