५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

तिलोत्तमा गोल्डकपः उपाधिका लागि मनाङ मस्र्याङ्दी र सुदूरपश्चिम–११ भिड्ने



अ+ अ-

बुटवल । बुटवलमा जारी तिलोत्तमा गोल्डकपअन्तर्गतको आजको अन्तिम सेमिफाइनल खेलमा मनाङ मस्र्याङ्दी क्लबले फ्रेन्ड्स क्लबलाई हराउँदै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुटवल देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा भएको अन्तिम सेमिफाइनल खेलमा फ्रेन्ड्स क्लबलाई ट्राइब्रेकरमा पराजित गर्दै मनाङ फाइनलमा पुग्न सफल भएको हो । यससँगै अब तिलोत्तमा गोल्डकप उपाधिका लागि मनाङ र सुदूरपश्चिम–११ भिड्ने छन् । प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ ।

निर्धारित समयमा दुई–दुई गोल बराबरीमा टुङ्गिएको खेलको ट्राइब्रेकरमा फ्रेन्ड्स क्लबका असिम भुसाल र डोना थापाले प्रहार असफल भएपछि मनाङको जित सुनिश्चित भएको हो । जसमा मनाङ चार–तीन गोलले विजयी भयो ।

खेलको सुरुआती अग्रता भने फ्रेन्ड्स क्लबले लिएको थियो । पहिलो हाफको सातौँ मिनेटमा फ्रेन्ड्सका रफिक अमिनोले गोल गरेका थिए । खेलको २६औँ मिनेटमा लक्ष्मण रुचालको क्रसमा उत्तम राईले गोल गर्दै टिमलाई २–० को अग्रता दिलाए ।

पहिलो हाफको इन्जुरी समयमा मनाङका आशिष गुरुङले गोल गर्दै टिमलाई २–१ को स्थितिमा ल्याए । पहिलो हाफसम्म २–१ को अग्रता बनाएको फ्रेन्ड्स क्लब दोस्रो हाफको दुई मिनेटमै गोल खान पुग्यो । मनाङका प्रशन्न श्रेष्ठले बराबरी गोल गरे । त्यसपछि दुवै टिमबाट गोल हुन सकेन र नजिता ट्राइबेकरबाट लिइएको थियो ।

असिमको प्रहार गोलपोष्टको माथिल्लो भागमा ठोक्किएर बाहिरिएको थियो भने डोनाको प्रहारलाई विपक्षी किपरले फर्काएर असफल बनाइदिए । आजको खेलमा मनाङका क्याप्टेन आशिष गुरुङ म्यान अब दि म्याच घोषित भए । मनाङले गोल्डकपको उपाधिका लागि अब सुदूरपश्चिम–११ सँग चैत ११ गते प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताका विजेताले रु ११ लाख ११ हजार एक सय ११ र उपविजेताले रु पाँच लाख ५५ हजार पाँच सय ५५ नगद पुरस्कार पाउने सङ्घले जनाएको छ । रासस