५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै

तिलोत्तमा गोल्डकपः उपाधिका लागि मनाङ मस्र्याङ्दी र सुदूरपश्चिम–११ भिड्ने

तिलोत्तमा गोल्डकपः उपाधिका लागि मनाङ मस्र्याङ्दी र सुदूरपश्चिम–११ भिड्ने
अ+ अ-

बुटवल । बुटवलमा जारी तिलोत्तमा गोल्डकपअन्तर्गतको आजको अन्तिम सेमिफाइनल खेलमा मनाङ मस्र्याङ्दी क्लबले फ्रेन्ड्स क्लबलाई हराउँदै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुटवल देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा भएको अन्तिम सेमिफाइनल खेलमा फ्रेन्ड्स क्लबलाई ट्राइब्रेकरमा पराजित गर्दै मनाङ फाइनलमा पुग्न सफल भएको हो । यससँगै अब तिलोत्तमा गोल्डकप उपाधिका लागि मनाङ र सुदूरपश्चिम–११ भिड्ने छन् । प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ ।

निर्धारित समयमा दुई–दुई गोल बराबरीमा टुङ्गिएको खेलको ट्राइब्रेकरमा फ्रेन्ड्स क्लबका असिम भुसाल र डोना थापाले प्रहार असफल भएपछि मनाङको जित सुनिश्चित भएको हो । जसमा मनाङ चार–तीन गोलले विजयी भयो ।

खेलको सुरुआती अग्रता भने फ्रेन्ड्स क्लबले लिएको थियो । पहिलो हाफको सातौँ मिनेटमा फ्रेन्ड्सका रफिक अमिनोले गोल गरेका थिए । खेलको २६औँ मिनेटमा लक्ष्मण रुचालको क्रसमा उत्तम राईले गोल गर्दै टिमलाई २–० को अग्रता दिलाए ।

पहिलो हाफको इन्जुरी समयमा मनाङका आशिष गुरुङले गोल गर्दै टिमलाई २–१ को स्थितिमा ल्याए । पहिलो हाफसम्म २–१ को अग्रता बनाएको फ्रेन्ड्स क्लब दोस्रो हाफको दुई मिनेटमै गोल खान पुग्यो । मनाङका प्रशन्न श्रेष्ठले बराबरी गोल गरे । त्यसपछि दुवै टिमबाट गोल हुन सकेन र नजिता ट्राइबेकरबाट लिइएको थियो ।

असिमको प्रहार गोलपोष्टको माथिल्लो भागमा ठोक्किएर बाहिरिएको थियो भने डोनाको प्रहारलाई विपक्षी किपरले फर्काएर असफल बनाइदिए । आजको खेलमा मनाङका क्याप्टेन आशिष गुरुङ म्यान अब दि म्याच घोषित भए । मनाङले गोल्डकपको उपाधिका लागि अब सुदूरपश्चिम–११ सँग चैत ११ गते प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताका विजेताले रु ११ लाख ११ हजार एक सय ११ र उपविजेताले रु पाँच लाख ५५ हजार पाँच सय ५५ नगद पुरस्कार पाउने सङ्घले जनाएको छ । रासस