३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिको स्वास्थ्य परीक्षण



फाईल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेर स्वास्थ्य परीक्षण गराउनुभएको छ ।

राष्ट्रपति शिक्षण अस्पताल पुगेर स्वास्थ्य परीक्षण गराउनुभएको अस्पतालका कार्यकारी निर्देशक प्रोफेसर डा दिनेश काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार डा निरज बमसहितको चिकित्सकको टोलीले राष्ट्रपतिको स्वास्थ्य परीक्षण गरेको थियो । उहाँले भन्नुभयो, “राष्ट्रपतिको नियमित स्वास्थ्य परीक्षण गरियो । विभिन्न परीक्षण भएको छ ।”

त्यसैगरी राष्ट्रपति पौडेलको शिक्षण अस्पताल परिसरको बिपी कोइराला लाइन्स आँखा अध्ययन केन्द्रमा आँखा जाँच पनि गराउनुभएको छ । प्रा डा सगुन जोशीले राष्ट्रपतिको आखा परीक्षण गर्नुभएको थियो । रासस