५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ,सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुत्नुअघि सिरानी मुनि तुलसीका ५ पात राखेर सुत्नुहोस्, हुन्छ यस्तो फाइदा



अ+ अ-

काठमाडौं । तुलसी एउटा विरुवा मात्र होइन यसको वहुउपयोगी गुण छ । औषधीय गुणका रुपमा तुलसी जति महत्वपूर्ण छ धार्मीक रुपमा पनि हिन्दु धर्ममा निकै पवित्र मानिन्छ। हिन्दु धर्ममा तुलसी बिना धर्म संस्कार पनि पुरा हुँदैन ।

विज्ञानले समेत तुलसीको फाइदाका बारेमा धेरै कुराहरु पुष्टि गरिसकेको छ। तुलसी धेरै रोगको औषधीका रुपमा पनि प्रयोग गरिन्छ। तुलसीले चिसो, रुघा खोकी र सास सम्बन्धि रागे लगायतमा औषधीका रुपमा प्रयोग गरिन्छ।

कोरोनाको समयमा अहिले नेपालीको धेरै जसो भान्छामा तुलसीको पात प्रयोग हुने गरेको छ । औषधीको गुणले भरपूर्ण तुलसीको पात राखेर पकाएको पानी खाँदा पनि रुघा खोकी लगायत समस्या समाधान हुन्छ ।

शरद ऋतुभर सबै प्राणीका लागि तुलसीलाई महाऔषधि मानिन्छ । यी बाहेक अन्य पनि धेरै छन् तुलसीका फाइदाहरु रहेका छन् । राति सुत्ने समयमा सिरानी मुनि तुलसीको पाँच पात राखेमा तपाइँको जीवनमा धेरै परिर्वतन आउन सक्ने धर्मशास्त्रीहरु बताउँछन् ।

रातको समय सिरानी मुनि राखेका तुलसीका पाँच पातले दिनभरको तनावलाई हटाउनेछ। यसको साथै दिमागले पनि शान्त भएर काम गर्ने विश्वास गरिन्छ। यस्तो गर्दा तपाइँभित्र भएको नकरात्मक शक्ति हटाउँनेछ र व्यापारमा पनि धेरै बढोत्तरीव हुने विश्वास गरिन्छ ।

तुलसीको पातले छाला सम्बन्धि समस्या पनि कम गर्छ । अनुहारमा भएको खिल निकालेर धेरै चमक दिन्छ। तुलसीको फुल र पातले महिलालाई हुने महिनावारी गडबडीको समस्या पनि हटाउँछ । (एजेन्सीको सहयोगमा)