९ भाद्र २०८३, मंगलवार
,
Latest
सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना पुरुष क्रिकेटः मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुत्नुअघि सिरानी मुनि तुलसीका ५ पात राखेर सुत्नुहोस्, हुन्छ यस्तो फाइदा



अ+ अ-

काठमाडौं । तुलसी एउटा विरुवा मात्र होइन यसको वहुउपयोगी गुण छ । औषधीय गुणका रुपमा तुलसी जति महत्वपूर्ण छ धार्मीक रुपमा पनि हिन्दु धर्ममा निकै पवित्र मानिन्छ। हिन्दु धर्ममा तुलसी बिना धर्म संस्कार पनि पुरा हुँदैन ।

विज्ञानले समेत तुलसीको फाइदाका बारेमा धेरै कुराहरु पुष्टि गरिसकेको छ। तुलसी धेरै रोगको औषधीका रुपमा पनि प्रयोग गरिन्छ। तुलसीले चिसो, रुघा खोकी र सास सम्बन्धि रागे लगायतमा औषधीका रुपमा प्रयोग गरिन्छ।

कोरोनाको समयमा अहिले नेपालीको धेरै जसो भान्छामा तुलसीको पात प्रयोग हुने गरेको छ । औषधीको गुणले भरपूर्ण तुलसीको पात राखेर पकाएको पानी खाँदा पनि रुघा खोकी लगायत समस्या समाधान हुन्छ ।

शरद ऋतुभर सबै प्राणीका लागि तुलसीलाई महाऔषधि मानिन्छ । यी बाहेक अन्य पनि धेरै छन् तुलसीका फाइदाहरु रहेका छन् । राति सुत्ने समयमा सिरानी मुनि तुलसीको पाँच पात राखेमा तपाइँको जीवनमा धेरै परिर्वतन आउन सक्ने धर्मशास्त्रीहरु बताउँछन् ।

रातको समय सिरानी मुनि राखेका तुलसीका पाँच पातले दिनभरको तनावलाई हटाउनेछ। यसको साथै दिमागले पनि शान्त भएर काम गर्ने विश्वास गरिन्छ। यस्तो गर्दा तपाइँभित्र भएको नकरात्मक शक्ति हटाउँनेछ र व्यापारमा पनि धेरै बढोत्तरीव हुने विश्वास गरिन्छ ।

तुलसीको पातले छाला सम्बन्धि समस्या पनि कम गर्छ । अनुहारमा भएको खिल निकालेर धेरै चमक दिन्छ। तुलसीको फुल र पातले महिलालाई हुने महिनावारी गडबडीको समस्या पनि हटाउँछ । (एजेन्सीको सहयोगमा)