१५ असार २०८३, सोमबार
,
Latest
आज ७५ लाख लिटर दही खपत हुने, एक अर्ब रुपैयाँ बराबरको कारोबारको अनुमान सुकीका छोरा किम एरिसको माग: ‘आमा जीवित रहेको प्रमाण सार्वजनिक गर’ भोजपुरकाे पौवादुङमा गाउँपालिकाद्वारा प्रहरी चौकीलाई विपद् व्यवस्थापन सामग्री हस्तान्तरण पर्वतकाे महाशिलाका कृषकले २० महिनामै गरे रु ८ करोडको कृषि उपज बिक्री इयू र चीनबीचको व्यापार तनाव कम गर्न मन्त्रीस्तरीय छलफल दमौलीका १८ होटल–रेष्टुराँ अनुगमन, पाँचले मापदण्ड पूरा गर्न सकेनन् सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन्ः सभामुख राष्ट्रिय धान दिवस : ‘ड्रोन’मार्फत मल छरेर ‘मेसिन’मार्फत रोपियो धान उपत्यकामा घुम्ती प्रयोगशालासहित बजार अनुगमन रुप फेरिएको नयाँ बसपार्क
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रले लुम्बिनी प्रदेश सरकारको समर्थन फिर्ता लिँदै



अ+ अ-

दाङ । नेकपा (माओवादी केन्द्) ले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । समर्थन फिर्ता लिनका लागि बिहीबार बिहान संसदीय दलको बैठक बोलाइएको छ ।

बैठकबाट सरकारको समर्थन फिर्ता लिने निर्णय गर्ने बताइएको छ । माओवादी केन्द्र लुम्बिनी प्रदेश सभा संसदीय दलका नेता जोखबहादुर महराले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे आजको बैठकमा छलफल हुने जानकारी दिँदै भन्नुभयो, “सत्ता समीकरण बदलिएसँगै सरकारलाई दिएको समर्थन फिर्ताको विषयमा आजको बैठकमा हामी छलफल गर्दैछौँ ।”

माओवादी केन्द्रको लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालका अनुसार आजको संसदीय दलको बैठकबाट सरकारको समर्थन फिर्ता लिने निर्णय हुनेछ । उहाँले निर्णय गरेर प्रदेश प्रमुखकहाँ कहिले जाने लगायतका प्राविधिक कुरामा चाहिँ केन्द्रमा सल्लाह गरिने जानकारी दिनुभयो ।

गत पुस २७ गते ७ दलका ५६ र २ स्वतन्त्र गरी जम्मा ५८ सांसदको समर्थनमा नेकपा ९एमाले० का लीला गिरी मुख्यमन्त्री बन्नुभएको थियो । गिरीले माघ ५ गते विश्वासको मत प्राप्त गर्नुभएको थियो । लुम्बिनी प्रदेश सरकारमा अहिले पनि मुख्यमन्त्रीलाई विश्वासको मत दिएका माओवादी केन्द्र, जसपा र जनमत पार्टी रहेका छन् ।

नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा ९एकीकृत समाजवादी० ले बाहिरबाट समर्थन गरेका थिए । अहिले फेरिएको सत्ता समीकरण अनुसार यी सबै दल प्रदेश सरकारको विपक्षमा छन् ।

मुख्यमन्त्रीलाई विश्वासको मत नदिएको राष्ट्रिय जनमोर्चा पनि माओवादीसहितको गठबन्धनमा छ । एमालेको पक्षमा राप्रपा मात्रै उभिएको छ ।

नयाँ गठबन्धनमा रहेका दलले समर्थन फिर्ता लिनासाथ गिरी अल्पमतमा पर्ने र मुख्यमन्त्री गिरीले विश्वासको मत लिन नसके एमाले नेतृत्वको सरकार ढल्ने छ ।

८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि ४४ मत चाहिन्छ । एमाले र राप्रपा बाहेकका आठ दलीय गठबन्धनको सरकार बनेमा बहुमत पुग्छ । आठ दलीय गठबन्धनसँग प्रदेशसभाको बहुमत ५० मत हुन्छ ।

नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका १०, जसपाका ३, जनमतका ३, लोसपाका ३, नागरिक उन्मुक्ति पार्टीका ४ जना प्रदेशसभा सदस्य छन् ।