• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   रास्वपा महामन्त्री ढकालको समीक्षा प्रतिवेदन सार्वजनिक–पूर्णपाठसहित ★   गगनको दाबी: प्रधानमन्त्रीले अर्को दलसँग सहकार्य गर्ने पहल थालेपछि गठबन्धन भत्कियो ★   केमोथेरापीअघि कपाल त्याग गर्दै हिना खानले भनिन्: म जित्ने आँट गर्दैछु ★   धनुषामा पोखरीमा डुबेर तीन बालिकाको मृत्यु ★   दक्षिण अफ्रिकामा ३४ हजार बर्ष पूराना ‘धमिराको ढिस्का’ फेला ★   चीनसँगको बीआरआई परियोजनालाई अघि बढाउने सरकारको नीति हो: उपप्रधानमन्त्री श्रेष्ठ ★   काठमाडौँ–तराई/मधेस द्रुतमार्ग: लेनडाँडा सुरुङमार्ग छिचोलियो ★   समितिमा उपस्थित भइ अनुसन्धानमा सघाउन समस्याग्रस्त २९ वटै सहकारी सञ्चालकलाई छानबिन समितिको निर्देशन ★   प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन्छौँ: घनश्याम भुसाल ★   नेप्से परिसूचक दोहोरो अङ्कले बढ्दा करिब साढे छ अर्बको कारोबार

सामाजिक सञ्जालले प्रवाह गर्ने भाष्य र फेक न्युज रोक्नुपर्छ– गगन थापा



फाईल फोटो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सामाजिक सञ्जालबाट प्रवाह हुने झुटो सूचना र गलत भाष्य निर्माणलाई रोक्न आमसञ्चार माध्यमले सघाउनुपर्ने बताएका छन् ।

बिहीबार सामुदायिक रेडियो प्रसारक संघको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले सामाजिक सञ्जालहरू गलत भाष्य निर्माण गर्ने आधार बन्न नहुने बताएका हुन् ।

थापाले समुदायलाई त्यस्तो गलत सूचना प्रवाह गर्ने फेक न्युजबाट जोगाउन सामुदायिक रेडियोको भूमिका महत्त्वपूर्ण हुने बताए । उनले भने,’ विगतमा सामाजिक सञ्जालबाट हुने घृणा रोक्ने विधेयकविरुद्ध संशोधन लैजाने मै हुँ । जबकि सामाजिक सञ्जालबाट सबैभन्दा गाली खाने व्यक्ति पनि म हुँ । तर मैले अभिव्यक्ति स्वतन्त्रभन्दा ठूलो ममाथिको गाली होइन भनेर विरोध गरेको थिएँ ।’