२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपले पछि पारे बुमराह, हसरंगा र कुलदीपलाई



अ+ अ-

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)द्वारा बुधबार सार्वजनिक खेलाडीहरुको नयाँ ओडिआई बलिङ वरियतामा नेपालका सन्दीप लामिछाने २२ औं स्थानमा यथावत छन् ।

वरियतामा श्रीलंकाका लेगस्पिनर वानिन्दु हसरंगा सन्दीपभन्दा एक स्थान पछि अर्थात् २३ औं स्थानमा छन् । भारतका स्पिनर कुलदीप यादव २४ औं स्थानमा छन् । भारतकै जस्प्रित बुमराह २६ औं, मोहम्मद शामी २८ औं स्थानमा तथा युजभेन्द्र चहल ४२ औं स्थानमा रहेका छन् ।

यस्तै, पाकिस्तानका मोहम्मद नवाज ३० औं, इंग्ल्यान्डका आदिल राशिद ३१ औं, मार्क वुड ३५ औं, न्युजिल्यान्डका टिम साउथी ३६ औं स्थानमा छन् । नेपालका दीपेन्द्रसिंह ऐरी ५६ औं स्थानमा यथावत छन् ।

यसैबीच आजै भएको ओडिआई वरियतामा नेपालले एक स्थान सुधार गर्दै १५ औं स्थानमा उक्लिएको छ ।