५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपले पछि पारे बुमराह, हसरंगा र कुलदीपलाई



अ+ अ-

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)द्वारा बुधबार सार्वजनिक खेलाडीहरुको नयाँ ओडिआई बलिङ वरियतामा नेपालका सन्दीप लामिछाने २२ औं स्थानमा यथावत छन् ।

वरियतामा श्रीलंकाका लेगस्पिनर वानिन्दु हसरंगा सन्दीपभन्दा एक स्थान पछि अर्थात् २३ औं स्थानमा छन् । भारतका स्पिनर कुलदीप यादव २४ औं स्थानमा छन् । भारतकै जस्प्रित बुमराह २६ औं, मोहम्मद शामी २८ औं स्थानमा तथा युजभेन्द्र चहल ४२ औं स्थानमा रहेका छन् ।

यस्तै, पाकिस्तानका मोहम्मद नवाज ३० औं, इंग्ल्यान्डका आदिल राशिद ३१ औं, मार्क वुड ३५ औं, न्युजिल्यान्डका टिम साउथी ३६ औं स्थानमा छन् । नेपालका दीपेन्द्रसिंह ऐरी ५६ औं स्थानमा यथावत छन् ।

यसैबीच आजै भएको ओडिआई वरियतामा नेपालले एक स्थान सुधार गर्दै १५ औं स्थानमा उक्लिएको छ ।