२७ मंसिर २०८२, शनिबार
,
Latest
एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम म ढुक्कले भन्न सक्छु–एमाले अजम्बरी छ: ओली एमालेसँग बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैनः ओली एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन- फोटो फिचर अमेरिकामा मौसमी फ्लु प्रकोपः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मोरङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमती प्रदेशः कांग्रेसले मुख्यमन्त्री जमकट्टेललाई विश्वासको मत दिने



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेललाई विश्वासको मत दिने भएको छ । बुधबार दिउँसो काठमाडौंमा बसेको बागमती प्रदेशसभा संसदीय दलको बैठकले जमकट्टेललाई विश्वासको मत दिने निर्णय गरेको हो ।

केन्द्रमा कांग्रेस–माओवादी केन्द्रसहितको दलहरुको गठबन्धनमा भएको सहमति अनुसार सरकार निर्माण गर्ने निर्णय गरिएको कांग्रेसले जनाएको छ ।

बागमतीमा राप्रपाले सरकार छाडेपछि संवैधानिक प्रावधान अनुसार मुख्यमन्त्री जमकट्टेलले विश्वासको मत लिँदैछन् । त्यसका लागि बुधबार प्रदेशसभा बैठक बोलाइएको छ ।

तर, कांग्रेसका सांसदहरु आजको बैठकमा उपस्थित नहुने भएपछि प्रदेशसभा बैठक स्थगित हुने सम्भावना बढेको छ । हालसम्म बैठक स्थगित भएको सूचना बाहिर आएको छैन ।