२१ मंसिर २०८२, आईतवार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमबाप्पे फ्रान्सको कप्तानमा नियुक्त



अ+ अ-

काठमाडौँ । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्ड केलियन एमबाप्पे फ्रान्सको राष्ट्रिय टोलीको कप्तानमा नियुक्त भएका छन् ।

राष्ट्रिय टोलीको कप्तानी गरिरहेका गोलरक्षक ह्युगो लोरिसले गत जनवरीमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेपछि एमबाप्पेलाई कप्तानको जिम्मेवारी दिएको हो ।

मंगलबार फ्रान्सेली फुटबल महासंघ (एफएफएफ)ले सामाजिक सञ्जालमा एम्बाप्पेलाई कप्तान र एथ्लेटिको मड्रिडका फरवार्ड एन्टोइन ग्रिजम्यानलाई उपकप्तानमा नियुक्त गरेको बताएको छ ।

२४ वर्षीय एमबाप्पेले सन् २०१७ मा सिनियर डेब्यु गरेका थिए । उनले फ्रान्सका लागि ३६ अन्तर्राष्ट्रिय गोल गरेका छन् । गत वर्षको विश्वकपमा एम्बाप्पे सर्वाधिक गोलकर्ता बनेका थिए । उनले कतारमा भएको विश्वकपमा कुल ८ गोल गरेका थिए ।