• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo

प्रतितोला २ हजारले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज बुधवार सुनको मूल्य २ हजारले घटेको छ ।

आज छापावाल सुन प्रतितोला २ हजार रुपैयाँले घटेर १ लाख ७ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मङ्गलवार उक्त सुन प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, बुधवार तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

आज चाँदी पनि ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ३५ रुपैयाँ कायम भएको छ ।