२७ जेष्ठ २०८३, बुधबार
,
Latest
वैदेशिक रोजगारीमा ठगी, चार जना पक्राउ अर्थसमितिमा बजेटबारे छलफलः सकारात्मक भए पनि कार्यान्वयनमा चुनौती अर्थमन्त्री वाग्लेलाई राप्रपा सांसद शाहीको प्रश्नः संसदीय छानबिन समिति गठन गर्न किन हिचकिचाहट ? सरकारी वेबसाइटहरू अब पहुँचमैत्री, सबै नागरिकका लागि डिजिटल सेवा सहज बनाइयो सुरक्षा कारण देखाउँदै अमेरिकाले केही विदेशी फुटबल अधिकारीलाई भिसा नदिएपछि विश्वकप तयारीमा थपियो विवाद दरबार हत्याकाण्ड पुनःछानबिन गर्ने निर्णयप्रति राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको स्वागत राज्य व्यवस्था तथा सुशासन समितिको बैठक जेठ २८ गते बस्ने, कार्यान्वयन प्रगति र उपसमिति गठन… संयुक्त राष्ट्रको चेतावनी: सुडान–चाड द्वन्द्वले मध्य अफ्रिकामा सुरक्षा र मानवीय संकट गहिरिँदै महावीर पुन नेतृत्वमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले गर्‍याे काम सुरु, ओएनएम तयारीमा पोखराका सुकुमवासी र न्यून आय परिवारका लागि निःशुल्क म्यादी जीवन बिमा सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

थ्री नेसन्स कपः नेपालले आज लाओससँग खेल्दै



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री थ्री नेसन्स कप अन्तर्गत नेपालले आज बुधबार लाओससँग प्रतिस्पर्धा गर्दैछ । आजदेखि सुरु हुने फुटबल प्रतियोगिताको घरेलु टोली नेपाल र लाओसबीचको उद्घाटन खेल त्रिपुरेश्वरस्थित दशरथ रंशालामा साँझ ६ बजे सुरु हुनेछ ।

प्रमुख प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेस प्रतियोगिता खेल्न नेपाली टोली तयारी अवस्थामा रहेको बताएका छन् । उनको प्रशिक्षणमा नेपालले पहिलो पटक खेल्न लागेको हो । प्रशिक्षक एनेसले छोटो समयमा नै नेपाली टिम तयार गरेको भन्दै चुनौतीका साथ आफनो टोली खेल्न तयार रहेको बताए ।

त्यस्तै नेपाली फुटबल टोलीका कप्तान किरण चेम्जोङले उक्त प्रतियोगिताका लागि छोटो तयारी भए पनि लाओसविरुद्ध खेल्न आफनो टोली तयार रहेको बताए । उनले राष्ट्रका लागि राम्रो नतिजा ल्याउने उद्देश्यका साथ मैदानमा उत्रनेसमेत बताए ।

नेपाल, भुटान र लाओस सम्मिलित प्रधानमन्त्री कप थ्री नेसन्स कप फुटबल प्रतियोगिता सिंगल राउण्ड रोबिनको आधारमा हुनेछ ।

यस्तै, चैत ११ गते भुटान र लाओस भिड्ने छन् भने चैत १४ गते नेपाल र भुटान भिड्ने छन् । प्रतियोगिता शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्ने छन् ।

प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टोलीले पाँच हजार अमेरिकी डलर प्राप्त गर्नेछन् , भने दोस्रो हुने टोलीले तीन हजार अमेरिकी डलर पाउनेछन् ।

त्यसैगरी हरेक खेलमा म्यान अफ द म्याच घोषित हुने खेलाडीलाई २५० अमेरिकी डलर प्रदान गरिने एन्फाले जनाएको छ । त्यस्तै प्रतियोगितामा उत्कृष्ट घोषित हुने खेलाडीलाई पाँच सय अमेरिकी डलर प्रदान गरिने छ ।

प्रतियोगिताको खेल र्हेर्नका लागि एन्फाले साधारण प्याराफिटतर्फ रु पाँच सय र भिआईपीतर्फ रु एक हजार मूल्य तोकिएको छ ।




भर्खरै