• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo
Latest
★   गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो ★   दुई महिनामै बन्द हुँदै कपिल शर्माको कमेडी शो ★   आम सञ्चार विधेयक चाँडै मन्त्री परिषद्मा पेश हुँदैछ: मन्त्री शर्मा ★   ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने ★   जापान पठाइदिने प्रलोभनमा २ सय भन्दा बढीलाई ठगी गर्ने गिरोह पक्राउ ★   देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै ★   गर्मी कारण हलेसी तुवाचुङका विद्यालयमा बिहानी कक्षा ★   भारतीय टिममा परेलगत्तै युजवेन्द्र चहलको ‘चुटाई’, आईपीएलमा राखे लज्जास्पद कीर्तिमान ★   गोंगबु आवास क्षेत्रमा पार्क निर्माण ★   पाकिस्तानमा बस दुर्घटना, २० को मृत्यु, २१ घाइते

दैनिक बज्छ गोरखामा विजयी बिगुल (भिडियो- फोटो फिचर)



गोरखा । गोरखामा दैनिक विजयी बिगुल बज्नेगर्छ अहिले । त्यसो त दिनदिनै गोरखाले विजय प्राप्त गरेका कथाहरु जन्मिँदैनन् । हारेकै पनि कहाँ छ र गोरखाले ? गोरखाले हारेको इतिहास कहीँ भेटिँदैन । सायद त्यसैले होला अहिले दिनदिनै विजयी विगुल बज्दैछ गोरखामा ।

गोरखा नगरपालिका–६ स्थित ठूलो आँगनमा सूर्योदय र सूर्यास्तको समयमा  बज्ने गर्छ यो बिगुल । गएको पुस २७ गते राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको पूर्णकदको सालिकसँगै नेपालको नक्सा अंकित मनोग्राम र नेपालको झण्डा राखिएको स्थानमा नेपाली सेनाले ‘राष्ट्रनिर्माता सलामी’ अर्पण गर्न सुरु गरेको छ । त्यसयता यहाँ दैनिक विजयी बिगुल बज्ने गरेको छ ।
नेपाली सेनाको पहलकदमी र गोरखा नगरपालीकाको सहयोगमा ७ फिट ३ इन्च उचाइको ‘राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको पूर्णकदलको सालिक स्थापना गरिएको छ ।

शार्दुल जंग गुल्म नं ११ का सैनिकले गुरुज्यूको पल्टनले लगाउने पोसाक दैनिक सलामी अर्पणसँगै परेड प्रदर्शनी गर्ने गरेका छन् । नेपाली सेनाको पृथ्वीनारायण शाहकालीन सेना (गुरुज्यूको पल्टन) ले सलामी अर्पण तथा परेड संचालन भैरहेको छ ।

नेपाल राष्ट्रको गैरवशाली इतिहास र राष्ट्रिय एकीकरण अभियानलाई जनमानसमा दीर्घकालीन रुपमा जीवन्त राख्न तथा पृथ्वीनारायण शाहको उचित सम्मान दिने उद्देश्यले सलामी कार्यक्रमको थालनी गरिएको नेपाली सेनाले जनाएको छ । ‘राष्ट्रनिर्माता लाई दिइने सलामीका समयमा बजाइने बिगुल काठमाडौँ र गोरखामा मात्र बजाइने गरेको छ । बिगुल गोरखादरबार परिसरमा रहेको शितलपाटीबाट बजाउने गरिन्छ ।

तत्कालीन सयममा युद्धका बेला बिहान बिगुल बजेपछि सैनिकहरु तयार हुने र साँझको बिगुल बजेपछि युद्ध रोक्ने चलन थियो । ठूलो आँगनमा सूर्योदय र सूर्यास्तमा हुने राष्ट्रनिर्माता सलामी अर्पण कार्यक्रमले पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सहयोग पुग्ने स्थानीय ईश्वरकाजी मास्केले बताउनुभयो । उहाँले भन्नुभयो– यो अभियान गोरखाका लागि मात्र होइन नेपालका लागि नै एउटा गौरबको विषय हो । यसले आन्तरिक तथा वाह्य पर्यटकलाई गोरखा तथा नेपाल एकीकरणको इतिहास बुझ्न निकै सहयोगी हुन्छ ।

गोरखा नगरपालिकाकाका वातावरण अधिकृत ध्रुब घिमिरेका अनुसार यो अभियानले गोरखा तथा नेपाल एकीकरणको इतिहासलाई जगेर्ना तथा प्रवद्र्धन गर्न ठूलो मद्दत पुग्दछ । उहाँले भन्नुभयो– वाह्य र आन्तरिक पर्यटकलाई गोरखाका बारेमा बुझाउनका लागि कोशेढुङगा साबित हुन्छ । राष्ट्रनिर्माताप्रतिको सम्मानले इतिहासको पनि उच्च सम्मान भएको छ ।
नेपाल एकीकरणको समयमा गोरखा दरबारबाट विभिन्न बाजागाजा बजाइ ठूलो आँगन इलाकामा आफ्ना सेनालाई सामेली, ब्रिफ्रीङ, तथा अन्य विविध कार्यक्रमको आयोजन गर्ने गरेको परम्परालाई जीवन्त राख्न यो अभियान सहयोगी सिद्ध हुनेछ ।

नेपाल एकीकरणका मुख्य अभियन्ता र नयाँ नेपालका प्रणेता तत्कालीन बडामहाराजधिराज पृथ्वीनारायण शाहप्रतिको मात्र नभएर यो सम्मान सिंगो मुलुक प्रतिकै हो र यसले नेपालको इतिहासलाई नेपालीमाझ जीवन्त बनाइराख्न सहयोग पुग्ने छ । त्यसैले नेपाली सेनाको यस कार्यको सर्वत्र प्रशंसा गरिएको छ ।