२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई भारतमा खेल्न दिए चार वर्षमा टेष्ट खेल्नेछौं – मोन्टी देशाई



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईले नेपाललाई भारतले रणजी ट्रफी खेल्न अनुमति दिनुपर्नेमा जोड दिएका छन् ।

आइसिसी विश्वकप लिग २ मा नेपालकोे सानदार प्रदर्शनपछि विश्व चर्चित अनलाइन क्रिकबजसँग कुराकानी गर्दै मोन्टीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) र भारतीय क्रिकेट बोर्ड (बिसिसीआई) लाई उक्त प्रतियोगिताको लागि कुरा गरेको बताएका हुन् ।

मोन्टीले भनेका छन् ,‘मैले आइसिसी र जय भाई (बिसिसिआई सचिव तथा एसिसी अध्यक्ष जय शाह) लाई भनेको छु । स्कटल्यान्ड र आयरल्यान्डले पनि इंग्ल्यान्डमा खेल्छन् । हाम्रो टोलीलाई भारत र रणजी ट्रफी खेल्न अनुमति दिनुपर्छ । यदि त्यस्तो भयो भने हामी चार वर्षमा टेष्ट खेल्ने राष्ट्र हुनेछौं ।’, उनले भने, ‘यदि तपाईंले वरपर हेर्नुभयो भने अफगानिस्तानसहित सबै छिमेकी राष्ट्र टेस्ट मान्यता प्राप्त छन् । वास्तवमा नेपाल र अफगानिस्तानले सँगै खेल्न सुरु गरेका थिए’ ।

रणजी ट्रफी भारतको सबैभन्दा ठूलो प्रथम श्रेणीको घरेलु क्रिकेट प्रतियोगिता हो । रणजी ट्रफी खेल्ने खेलाडीको एक दिनको म्याच फि ६० हजार भारु हुन्छ । प्लेइङ ११ मा नरहेका खेलाडीले पनि पर म्याच ३० हजार भारु फि पाउँछन् । त्यस्तै, भारतमा राष्ट्रिय प्रतियोगितामा सैद मुश्ताक अली र विजय हजारे ट्रफी हुने गर्दछ । यी दुई प्रतियोगिताको प्रदर्शनको आधारमा खेलाडिहरुले भारतीय टोली र आइपिएलमा स्थान बनाउँछन् ।

मुख्य प्रशिक्षक मोन्टीले नेपाली टिमलाई भारतमा खेलाईने यी प्रतियोगिताहरुमा समावेश गर्नको लागि अनुरोध गरेका हुन् । नेपाली टोलिलाई भारतले समाबेश गरेमा नेपालले यसबाट धेरै फाईदा लिन सक्नेछन् ।

मोन्टीको मुख्य प्रशिक्षकमा नै आइसिसी विश्वकप लिग २ मा नेपालले १२ मध्ये ११ खेल जित्दै शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोटमा स्थान बनाएको छ । यससँगै नेपालले आगमी चार वर्षको लागि ओडिआई मान्यता जोगाएको छ ।