२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय…
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई भारतमा खेल्न दिए चार वर्षमा टेष्ट खेल्नेछौं – मोन्टी देशाई



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईले नेपाललाई भारतले रणजी ट्रफी खेल्न अनुमति दिनुपर्नेमा जोड दिएका छन् ।

आइसिसी विश्वकप लिग २ मा नेपालकोे सानदार प्रदर्शनपछि विश्व चर्चित अनलाइन क्रिकबजसँग कुराकानी गर्दै मोन्टीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) र भारतीय क्रिकेट बोर्ड (बिसिसीआई) लाई उक्त प्रतियोगिताको लागि कुरा गरेको बताएका हुन् ।

मोन्टीले भनेका छन् ,‘मैले आइसिसी र जय भाई (बिसिसिआई सचिव तथा एसिसी अध्यक्ष जय शाह) लाई भनेको छु । स्कटल्यान्ड र आयरल्यान्डले पनि इंग्ल्यान्डमा खेल्छन् । हाम्रो टोलीलाई भारत र रणजी ट्रफी खेल्न अनुमति दिनुपर्छ । यदि त्यस्तो भयो भने हामी चार वर्षमा टेष्ट खेल्ने राष्ट्र हुनेछौं ।’, उनले भने, ‘यदि तपाईंले वरपर हेर्नुभयो भने अफगानिस्तानसहित सबै छिमेकी राष्ट्र टेस्ट मान्यता प्राप्त छन् । वास्तवमा नेपाल र अफगानिस्तानले सँगै खेल्न सुरु गरेका थिए’ ।

रणजी ट्रफी भारतको सबैभन्दा ठूलो प्रथम श्रेणीको घरेलु क्रिकेट प्रतियोगिता हो । रणजी ट्रफी खेल्ने खेलाडीको एक दिनको म्याच फि ६० हजार भारु हुन्छ । प्लेइङ ११ मा नरहेका खेलाडीले पनि पर म्याच ३० हजार भारु फि पाउँछन् । त्यस्तै, भारतमा राष्ट्रिय प्रतियोगितामा सैद मुश्ताक अली र विजय हजारे ट्रफी हुने गर्दछ । यी दुई प्रतियोगिताको प्रदर्शनको आधारमा खेलाडिहरुले भारतीय टोली र आइपिएलमा स्थान बनाउँछन् ।

मुख्य प्रशिक्षक मोन्टीले नेपाली टिमलाई भारतमा खेलाईने यी प्रतियोगिताहरुमा समावेश गर्नको लागि अनुरोध गरेका हुन् । नेपाली टोलिलाई भारतले समाबेश गरेमा नेपालले यसबाट धेरै फाईदा लिन सक्नेछन् ।

मोन्टीको मुख्य प्रशिक्षकमा नै आइसिसी विश्वकप लिग २ मा नेपालले १२ मध्ये ११ खेल जित्दै शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोटमा स्थान बनाएको छ । यससँगै नेपालले आगमी चार वर्षको लागि ओडिआई मान्यता जोगाएको छ ।