काठमाडौं । उपत्यकाका तीन जिल्लामा सार्वजनिक यातायात साधनहरु जोर–विजोर प्रणालीका आधारमा चल्न दिने भएको छ । जारी निषेधआज्ञाको समय सोमबार सकिदै गर्दा तीन जिल्लाका स्थानिय प्रशासनले केही मापदण्ड बनाएर सार्वजनिक यातायात संञ्चालन गर्न दिने तयारी गरेको हो ।
यस बारेमा सोमबार बिहान तीनै ओटा जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बसेर निर्णय हुने एक प्रमुख जिल्ला अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार क्ेही खुकुलो बनाउदै निषेधआज्ञा भने थप हुने छ ।
एक साता देखी ट्याक्सीलाई जोर–विजोरका आधारमा संञ्चालन गर्न अनुमति दिईएको थियो । यसै गरी पसलहरुलाई पनि बर्गिकरण गरेर संञ्चालन गर्न स्थानिय प्रशासनले अनुमति दिएको थियो ।
तर सबै प्रकारका सभा सम्मेलन, सैलुन, क्लब, ब्यूटी पार्लर, जिमलगायतमा लगाएको रोक कायमै राख्दै सार्बजनिक स्थानमा धेरै मानिस भेला हुन रोक लगाउने निर्णय भने यथाबत रहने छ ।