२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपत्यकामा निषेधाज्ञा थप हुँदै , सार्वजनिक यातायात साधनहरु जोर–विजोर प्रणालीका सञ्चालन हुने



अ+ अ-

काठमाडौं । उपत्यकाका तीन जिल्लामा सार्वजनिक यातायात साधनहरु जोर–विजोर प्रणालीका आधारमा चल्न दिने  भएको छ ।  जारी निषेधआज्ञाको समय सोमबार सकिदै गर्दा तीन जिल्लाका स्थानिय प्रशासनले केही मापदण्ड बनाएर सार्वजनिक यातायात संञ्चालन गर्न दिने तयारी गरेको हो ।

यस बारेमा  सोमबार बिहान तीनै ओटा जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बसेर निर्णय हुने एक प्रमुख जिल्ला अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार क्ेही खुकुलो बनाउदै निषेधआज्ञा भने थप हुने छ ।

एक साता देखी ट्याक्सीलाई जोर–विजोरका आधारमा संञ्चालन गर्न अनुमति दिईएको थियो । यसै गरी पसलहरुलाई पनि बर्गिकरण गरेर संञ्चालन गर्न स्थानिय प्रशासनले  अनुमति  दिएको थियो ।

तर  सबै प्रकारका सभा सम्मेलन, सैलुन, क्लब, ब्यूटी पार्लर, जिमलगायतमा लगाएको रोक कायमै राख्दै  सार्बजनिक स्थानमा  धेरै मानिस भेला हुन रोक लगाउने निर्णय भने यथाबत रहने छ ।