२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा संघीयता नौलो कुरा होइन: अध्यक्ष राउत



फाईल फोटो
अ+ अ-

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने बताउनुभएको छ ।

सोमवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा संघीयता नौलो कुरा नरहेको बताउनु भयो । उहाँले नेपालमा बाइसे, चौबिसे राज्य भनेको संघीयता नै रहेकाले पछिल्लो समय पुन: स्थापित गर्न प्रधानमन्त्री दाहालले महत्वपूर्ण भुमिका खेलेको बताउनु भयो । उहाँले सरकारसँग आफ्ना केही असन्तुष्टि रहेपनि त्यसलाई मध्यनजर गरेर सरकार अघि बढ्ने विश्वास रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आफूले जन्माएको बच्चाको माया सबैलाई हुन्छ भनेझैँ, प्रधानमन्त्री पुष्पकमल दाहालले पनि यत्रो संघर्ष गरेर संघीयता ल्याउनुभएको छ । संघीयता नेपालको सन्दर्भमा कुनै नौलो कुरा होइन, पहिला पनि बाइसे, चौबिसे राज्यहरु नेपालमा थिए । त्यो भनेको संघीयता नै हो । तर त्यसलाई पुन:स्थापित गर्न प्रधानमन्त्री दाहालले धेरै नै भुमिका खेल्नुभएको छ । यो कुरालाई नकार्न सकिँदैन । त्यसैले हामीले उहाँलाई विश्वासको मत दिने निर्णय गरेको छ । केही असन्तुष्टिहरु हामीसँग छन् तर त्यसलाई समाधान गर्न सकिन्छ । सानो कुरामा विश्वासको मत फिर्ता लिनुपर्छ भन्ने छैन ।’

अध्यक्ष राउतले आफ्नो पार्टीले सरकारसँग राखेका मागहरु आगामी दिनमा समेट्दै लैजानुपर्ने बताउनु भयो ।