९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स १:१ को अनुपातमा मर्ज हुने



अ+ अ-

काठमाडौँ। आइएमई जनरल र प्रुडेन्सियल इन्योरेन्सबीच मर्ज हुने भएको छ । यी दुई कम्पनीले मर्जरका लागि आइतबार सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका अध्यक्ष हेमराज ढकाल र प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्ष विशाल अग्रवालले हस्ताक्षर गर्नुभएको हो । यी दुई कम्पनीबीच स्वाप रेसियो १:१ मा मर्ज हुने निर्णय भएको छ।

मर्जरपछि नयाँ बन्ने एकीकृत कम्पनीको नाम आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स हुनेछ। मर्जर सम्झौतालाई सञ्चालक समितबाट अनुमोदन गरी आगामी विशेष साधारणसभामा उक्त प्रस्ताव पेस गर्ने दुवै कम्पनी व्यवस्थापनले जनाएका छन्।

आइएमई जनरलको चुक्ता पुँजी १ अर्ब ८० करोड रुपैयाँ छ भने प्रुडेन्सियल इन्स्योरेन्सको १ अर्ब १८ करोड रुपैयाँ छ। प्रुडेन्सियलले ६।५ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ। बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब २५ करोड रुपैयाँभन्दा बढी हुनेछ।

मर्जर पछि एकीकृत कम्पनीको चुक्ता पुँजी ३ अर्बभन्दा बढी पुग्नेछ।