• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   पार्टीमा बस्ने वातावरण छैन भन्दै निस्किए महामन्त्री ढकाल ★   ललितपुर महानगरले भत्कायो अख्तियारका आयुक्त अमात्यले अतिक्रमित गरेको संरचना ★   एमालेबाट सरकारमा रहेका मन्त्रीहरूले प्रधानमन्त्रीलाई राजीनामा बुझाए ★   साङ्गीतिक चलचित्र ‘हिरुलालः द सोल अफ कर्णाली’ सार्वजनिक ★   पूर्वप्रदेशसभा सदस्य यादव पुर्पक्षका लागि जेल चलान ★   एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै, केहीबेरमै प्रधानमन्त्रीलाई बुझाइने ★   काखीमुनि प्वाल पारेर मुटुको भल्ब परिवर्तन ★   कोपा अमेरिकाको क्वाटरफाइनल समीकरण पूरा, कुन–कुन टिम पुगे अन्तिम आठमा ? ★   नागढुंगा–नौबिसे सडक दुई रात बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध ★   नरबहादुर चन्द, जसले सुदूरपश्चिममा हकी स्थापित गराए

प्रधानमन्त्री प्रचण्डको पक्षमा कति आउला मत ?



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई महिनाकै अन्तरालमा दोस्रो पटक सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ ।

गत १० पुसमा एमाले, माओवादीसहित ८ दलका १७९ जना सांसदहरूको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त हुनुभएका उहाँले २६ पुसमा विश्वासको मत लिनुभएको थियो । उहाँको पक्षमा २६८ मत परेको थियो भने विपक्षमा दुई मत मात्रै परेको थियो ।

तर राष्ट्रपति निर्वाचनमा माओवादीले कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गर्ने निर्णय गरेपछि एमाले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको छ ।

सरकार बनेको तीन महिना पनि नपुग्दै प्रधानमन्त्रीले विश्वासको मत गुमाएकाले संविधानको धारा १०० बमोजिम प्रचण्डले पुनः कायम गर्न लाग्नुभएको हो । यसअघि प्रमुख प्रतिपक्षी दल कांग्रेस, नेकपा एस र लोसपाले समेत प्रधानमन्त्रीलाई विश्वासको मत दिएका थिए ।

अहिलेको अवस्थामा प्रचण्ड सरकारलाई माओवादीसहित १० दलको समर्थन कायमै रहने भएकाले तत्काल ढल्नबाट जोगिएको छ । प्रधानमन्त्री प्रचण्डलाई कांग्रेस, रास्वपासहितका १० दलको समर्थन कायमै रहेकाले तत्काल राहत मिलेको छ ।

यसअघि प्रधानमन्त्रीलाई विश्वासको मत दिएर प्रतिपक्षमा बसेको संसदको सबैभन्दा ठूलो दल कांग्रेसले विश्वासको मत दिने निर्णय गरेको छ । सत्ता समीकरणमा आकस्मिक फेरबदल नआएको खण्डमा प्रतिनिधिसभामा प्रचण्ड स्पष्ट बहुमतमा हुनुहुन्छ ।

गणतन्त्र स्थापनापछि विपक्षी दलकोसमेत विश्वासको मत पाउने पहिलो प्रधानमन्त्री बन्नुभएका प्रधानमन्त्री प्रचण्डले योपटक एमाले, राप्रपासहितको मत गुमाउने हुनु भएको छ । २७५ सदस्यीय प्रतिनिधिसभामा अहिले २७१ जना सांसद रहेका छन् ।

भ्रष्ट्राचार मुद्दामा पदमुक्त भएका मनाङका सांसद टेकबहादुर गुरुङ, नागरिकता प्रकरणमा पदमुक्त भएका चितवन–२ का सांसद रवि लामिछानेले विश्वासको मत दिन पाउनु हुने छैन ।

यसैगरी, तनहुँ–१ बाट निर्वाचित हुनुभएका रामचन्द्र पौडेल र बारा–२ बाट निर्वाचित सांसद रामसहायप्रसाद यादव राष्ट्रपति र उपराष्ट्रपतिमा निर्वाचित भएकाले स्वतः पदमुक्त भएपछि मत दिन पाउनुहुनेछैन । यसैगरी हत्या आरोपमा फरार रहेका महोत्तरी–१ बाट निर्वाचित सांसद लक्ष्मी महतो कोइरी पनि विश्वासको मत दिन पाउने छैनन् ।

प्रधानमन्त्रीलाई विश्वासको मतको पक्षमा कांग्रेसको ८७, माओवादी केन्द्रको ३२, रास्वपाको १९ र जसपाको १२ सांसद छन् भने नेकपा एसको १०, जपाको ६, लोसपाको ४, नाउपाको ४, राजमो र आजपाको एक/एक गरी सरकारको पक्षमा १७६ सिट रहेको छ ।

अर्कोतर्फ एमालेको ७९, राप्रपाको १४ र नेमकिपाको एक गरी ९४ सिट भने विपक्षमा रहेको छ ।