२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अचम्मका फ्यान, रश्मीकालाई भेट्न ९ सय किमीको यात्रा गरेर कोडागु पुगेपछि…



अ+ अ-

एजेन्सी । भारतमा कलाकारहरुप्रति फ्यानको अचम्मको क्रेज हुने गर्दछ ।  केही दिन पहिले मात्र एक फ्यान लामो दुरीको यात्रा तय गरेर कलाकार सोनु सुदलाई भेट्न उनको घरमा पुगेका थिए ।

साउथ अभिनेत्री रश्मीका मन्दनाको जीवनमा पनि यस्तै भएको छ । मुम्बइमा नायक अमिताभ बच्चनसँग चलचित्र ‘गुडबाई’को छायांकनमा व्यस्त रहेकी रश्मीकालाई भेट्न एक फ्यानले ९ सय किमीको दुरी पार गरेका हुन् ।

रश्मीकाको घर गुगलमा सर्च गरेर त्रिपाठी नाम गरेका ती फ्यान उनको घरसम्म पुगेका थिए । उनी, तमिलनाडुबाट कर्नाटकको कोडागुमा ९ सय किमीको दुरी पार गर्दै पुगेको बताइएको छ । तर, मुम्बइमा रहेकाले रश्मीकासँग उनको भेट भने भएन ।

रश्मीकाले यसबारे थाहा पाएपछि सामाजिक संजालमा लेखेकी छन्–‘प्रिय साथी, मलाई ढिलो मात्र यो कुराको जानकारी प्राप्त भएको छ । कृपया यस्तो केही पनि काम नगर्नुहोला । मलाई सामाजिक संजालमा नै प्रेम दिनु । तर, तपाइसँग भेट्न नपाउँदा म निकै दुःखी छु । म एक दिन हाम्रो भेट अवश्य पनि हुनेछ भन्ने आशा गर्छु  ।’