२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदमा एमालेद्वारा प्रधानमन्त्रीको खोजी



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा (एमाल) ले बैठकमा प्रधानमन्त्रीको खोजी गरेको छ ।

प्रमुख प्रतिपक्षी बेन्चमा बसेको पहिलो दिन नै एमालका सांसद रघुजी पन्तले संसद्मा सरकारका कामकारबाहीका विषयमा धेरै प्रश्न उठेको भन्दै ती विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफैँले जवाफ दिनुपर्ने माग गर्नुभयो ।

आइतबारको बैठकमा प्रधानमन्त्री प्रचण्ड उपस्थित भएपनि संवैधानिक परिषद्सम्बन्धी विधेयक सरकारका तर्फबाट पेश गर्न सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा रोष्ट्रममा गएपछि एमाले सांसदहरुले विरोध गर्दै प्रधानमन्त्रीको खोजी गरेका हुन् ।

सांसद पन्तले यस विषयमा सभामुखबाट रुलिङ गर्न माग गर्नुभयो । यद्यपि सभामुख देवराज घिमिरेले उक्त विधेयक सञ्चारमन्त्री शर्मालाई प्रस्तुत गर्न अनुमति दिनुभयो ।