२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सञ्चारमन्त्री रोस्टममा उक्लनसाथ एमाले सांसदद्वयको आपत्ति



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री उपस्थित भइरहेको अवस्थामा मन्त्रीले विधेयक प्रस्तुत गरेकोमा एमालेका सांसदले आपत्ति जनाउनु भएको छ ।

आइतबारको संसद बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हुँदाहुँदै सञ्चारमन्त्री रेखा शर्मालाई विधेयक प्रस्तुत गर्न दिइएको भन्दै एमाले सांसदद्वय योगेश भट्टराई र रघुजी पन्तले आपत्ति जनाउनु भएको हो ।

संवैधानिक परिषद् सम्बन्धि विधेयक सञ्चार मन्त्रीले प्रस्तुत गर्न लागेकोमा एमालेका योगेश भट्टराईले शुरुमै प्रश्न उठाउनुभयो । भट्टराईले भन्नुभयो ‘प्रधानमन्त्री नै उपस्थित भएको अवस्थामा अर्को मन्त्रीले प्रस्तुत गर्दा यो सुहाउने विषय भएन । प्रधानमन्त्रीले नै प्रस्तुत गर्नुपर्‍यो ।’

त्यसलगत्तै अर्का सांसद रघुजी पन्तले पनि विरोध जनाउनुभयो । संसदकै अवहेलना भएको भन्दै पन्तले आपत्ति जनाएपनि सभामुख घिमिरेले भने मन्त्री शर्मालाई नै विधेयक पेश गर्न अनुमति दिनुभयो ।




भर्खरै