२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरो कपमा आज दुई खेल हुँदै



अ+ अ-

एजेन्सी । युरो कप फुटबल २०२० अन्तर्गत आज अन्तिम १६ का दुई खेलहरु हुँदैछन् ।

नकआउट चरणको पहिलो खेलमा स्पेन र क्रोएसियाले खेल्दैछन् ।

यी दुई टिमबीचको खेल राति ९ः४५ बजे डेनमार्कको पार्केन एरेनामा सुरु हुनेछ । दुबै टिम जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने लक्ष्यसहित मैदानमा उत्रनेछन् ।

स्पेनले समूह 'ई' बाट उपविजेता बन्दै नकआउट चरणमा स्थान बनाएको हो । स्पेनले ३ खेलमा ५ अंक जोडेको थियो ।

यस्तै क्रोएसियाले समूह 'डी' बाट उपविजेता बन्दै अन्तिम १६ मा स्थान बनाएको हो ।  क्रोएसियाले ३ खेलमा ४ अंक जोडेको थियो ।

क्रोएसिया र स्पेनले हालसम्म ८ पटक एकअर्काविरुद्ध खेलेका छन्  । जसमा स्पेनले ४ खेल जितेको छ भने क्रोएशियाले ३ खेल जितेको छ । एक खेल बराबरीमा सकिएको छ । 

यस्तै आज मध्यरातमा रोमानियाको नेसनल एरेनामा फ्रान्स र स्विट्जरल्यान्डले प्रतिस्पर्धा गर्दैछन् । खेल राति १२ः४५ बजे सुरु हुनेछ । दुबै टिम जित निकाल्दै क्वाटरफाइनलमा पुग्न चाहन्छन् । 

साविक उपविजेता समेत रहेको फ्रान्स समूह 'एफ' को विजेता बन्दै नकआउट चरणमा पुगेको हो । समूह चरणमा फ्रान्सले ३ खेलमा ५ अंक जोडेको थियो ।  

स्विट्जरल्यान्डले समूह 'ए' बाट समूहको उत्कृष्ट तेस्रो बन्दै नकआउट चरणमा प्रवेश गरेको हो । स्विट्जरल्यान्डले ३ खेलमा ४ अंक जोडेको थियो ।
 
यी दुई टिमले हालसम्म ३८ पटक एकअर्काविरुद्ध खेलेका छन् । जसमा फ्रान्स १६ पटक विजयी बनेको छ । स्वीट्जरल्यान्डले १२ पटक जित निकाल्दा १० खेल भने बराबरीमा टुंगिएको छ ।