१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति पौडेलसमक्ष ललितपुरका जनप्रतिनिधि र स्थानीयवासीद्वारा भेट



अ+ अ-

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका, गोदावरी नगरपालिकाका निर्वाचित जनप्रतिनिधिले आज भेटेर निर्वाचित भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको छ ।

शीतल निवासमा भएको सो भेटमा जनप्रतिनिधिहरुले पालिकामा भएका गतिविधिका बारेमा राष्ट्रपति पौडेललाई जानकारी गराउनुभएको थियो ।
भेटमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, गोदावारी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र महालक्ष्मी नगरपालिकाका उपप्रमुख लक्ष्मी महर्जनलगायत ती पालिकाका कार्यपालिका सदस्यका साथै स्थानीयवासीको सहभागिता थियो ।

सो क्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुर महानगरपालिकाको मुखपत्र, संस्कृतिविद् स्वर्गीय सत्यमोहन जोशीद्वरा लिखित ललितपुर महानगरपालिकाले प्रकाशित गरेका पुस्तकहरु हस्तान्तरण गर्नुभएको थियो । त्यस्तै, गोदावारी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले पनि गोदावारी नगरपालिकाको मुखपत्र हस्तान्तरण गर्नुभएको थियो ।