२९ भाद्र २०८३, सोमबार
,
Latest
एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी इरानका परमाणुमामिला प्रमुखलाई भियना बैठकमा रोक तीज: प्रथम महिलाद्वारा पशुपतिनाथमा पूजा, आराधना एवं दर्शन एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनजस्तो देखिने वस्तुसहित तीन पक्राउ



अ+ अ-

कैलाली । यहाँ १२० ग्राम सुन जस्तो देखिने वस्तुसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी) र कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले गोदावरी नगरपालिका–२ अत्तरिया बसपार्कबाट अमरगढी नगरपालिका–८ का महेश सार्की, सोही वडाका सुरज घताने र विशाल जाग्रीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता तथा प्रहरी निरीक्षक लोकेन्द्रसिंह गुरुले जानकारी दिनुभयो ।

प्रहरी निरीक्षक गुरुका अनुसार उनीहरु तिनै जना सवार प्रदेश नं ३, ०१००२६४६९९ नंको अल्टो कार रोकिएको अवस्थामा जाँचका क्रममा सुनजस्तो देखिने वस्तु फेला परेको हो । तीनै जनालाई थप अनुसन्धानका लागि आज जिल्ला प्रहरी कार्यालय पठाइएको बताइएको छ । रासस