१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल एकीकरणजस्तै आर्थिक विकासको अभियान पनि गोरखाबाटै सुरू गरौँ- वरिष्ठ उपाध्यक्ष ढकाल



अ+ अ-

गोरखा । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले गोरखाको विकासको लागि बुढिगण्डकी जलविद्युत आयोजना छिटो अघि बढाउनु पर्ने बताउनुभएको छ ।

गोरखा उद्योग वाणिज्य संघको ४७औं वार्षिक साधारण सभालाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले गोरखा जिल्लाको विकासका लागि गोरखकाली रबर उद्योग पुनः संचालन र बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको काम तत्काल शुरु गर्नुपर्ने बताउनुभएको छ।

‘सरकारबाट सहज पहल भएमा गोरखकाली रबर उद्योग संचालन गर्न पहल गर्नेछु । यसलाई तुरुन्त अगाडि बढाउन मेरो प्रतिबद्धता छ,ू उहाँले भन्नुभयो, ूयसका साथै बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको काम तत्काल शुरु गर्न आग्रह गर्न चाहन्छु।’

उहाँले मनकामना आउने पर्यटकलाई गोरखासम्म ल्याउन पहल गर्नुपर्ने र यहाँका सुन्तलाको बजारीकरण गर्न आवश्यक रहेको बताउनुभयो । कोरोनाभाइरस महामारीपछि आन्तरिक पर्यटनले अर्थतन्त्र चलायमान बनाउन ठुलो सहयोग गरेको बताउँदै उहाँले गोरखामा पर्यटन क्षेत्रको ठूलो सम्भावना रहेको र आफूले यहाँको पुर्वाधार विकासका लागि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपाल एकीकरण गोरखाबाट शुरू भएर सफल भयो अब आर्थिक रूपमा पनि गोरखालाई महत्त्वपूर्ण जिल्लाको रूपमा बिकास गर्नुपर्छ, उहाँले भन्नुभयो। अहिले उद्योगी व्यवसायीले बैक ब्याज बढ्दा जुन समस्या भोग्नुभएको छ त्यो भन्दा ठुलो समस्या आफूले भोगेको बताउँदै व्यवसायीहरू संयमित भएर व्यवसाय गर्न आग्रह गर्नुभएको छ । ‘महासंघको नेतृत्वमा बैकको संचालक तथा अध्यक्ष छन, तसर्थ उनीहरू ब्याज बढाउन लागेका छन् भन्ने आरोप लागेको छ । तर यो गलत हो । कुनै एउटा व्यक्तिले बैकमा सानो लगानी गरेको हुन्छ । तर त्यसको तुलनामा ऋणको भार ठुलो हुन्छ । महासंघले कर्जाको ब्याज घटाउन लागेको छ । कहिल्लै पनि महासंघ नेतृत्व ब्याज बढाउने कुरामा सहमत भएन,ू उहाँले भन्नुभयो।
उहाँले कुनै एउटा बैक तथा बैंकको सञ्चालकले मात्रले कर्जाको ब्याज बढाउन वा घटाउन नसक्ने बताउनुभयो।

उहाँले अहिले ब्याजकै विषयलाई लिएर बैकका कर्मचारीमाथि कुटपिट गर्ने जस्ता गलत क्रियाकलापहरु सुरु भएको बताउँदै यसको समाधान यसरी नहुने र वार्तामा बसेर समस्याको समाधान गर्नुपर्ने बताउनुभएको छ ।

अहिले महासंघका प्रत्यासी साथीहरुलाई सस्तो लोकप्रियताका लागि गैरजिम्मेवार र हुनै नसक्ने कुरा नगर्न आग्रह गर्नुभएको छ । उहाँले स्थानीय बजारको प्रबन्धन गर्न महासंघ तयार रहेको समेत बताउनुभयो ।