६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार जिपिए ल्याउनेलाई गाउँपालिकाको ५० हजार नगद



अ+ अ-

नुवाकोट । नुवाकोटको म्यागङ गाउँपालिकाले चालु शैक्षिक सत्रको माध्यमिक शिक्षा परीक्षा कक्षा १० ९एसइई०मा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई नगद रुपैयाँसहित सम्मान गर्ने भएको छ ।

हालै बसेको गाउँ कार्यपालिकाको बैठकको निर्णयअनुसार एसइईमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई नगद रुपैयाँसहित सम्मान गर्ने निर्णय गरिएको गाउँपालिकाको उपाध्यक्ष सीता तामाङले जानकारी दिनुभयो । उहाँको अनुसार एसइईमा चार जिपिए ल्याउने प्रत्येक विद्यार्थीलाई रु ५० हजार र तीन दशमलव छदेखि चारभन्दा कम जिपिए ल्याउने प्रत्येक विद्यार्थीलाई नगद रु २० हजारसहित सम्मान गर्ने निर्णय भएको छ ।

एसइईमा चार जिपिए ल्याउने प्रत्येक विद्यार्थीलाई रु ५० हजार र तीन दशमलव छ देखि चारभन्दा कम जिपिए ल्याउने प्रत्येक विद्यार्थीलाई नगद रु २० हजारसहित सम्मान गर्ने निर्णय भएअनुसार कार्यविधि बनाएर कार्यान्वयन गर्न लागिएको शिक्षा शाखा प्रमुख शेरसिंह रावतले जानकारी दिनुभयो । उहाँको अनुसार यो व्यवस्था चालु शैक्षिकसत्रदेखि सुरु गर्न लागिएको हुँदा आवश्यक बजेटको सुनिश्चित भइसकेको छ भने कानुनी प्रक्रिया अन्तिम चरणमा पु¥याइएको छ ।

“अहिले विद्यार्थी एसइईको तयारीमा लागिरहेकाले उनीहरुको मनोबल उच्च बनाउन नगद रुपैयाँसहित सम्मान गर्ने निर्णय गरिएको हो”, शिक्षा शाखा प्रमुख रावतले भन्नुभयो, “यसअघिका परीक्षा र हालै भएको कक्षा १० को आन्तरिक परीक्षामा उत्कृष्टको नजिक–नजिकको अङ्क ल्याएकालाई थप लगनशील बनाउन गाउँपालिकाको सो निर्णयले थप ऊर्जा मिल्दछ ।”

विभिन्न छ वडा रहेको म्यागङ गाँउपालिकामा माध्यमिक तहसम्म अध्ययन गराउने विद्यालयको सङ्ख्या सात रहेको छ । ती विद्यालयमा चालु शैक्षिक सत्रमा एसइई दिने विद्यार्थीको सङ्ख्या तीनसय हाराहारीमा रहेको शिक्षा विकास तथा समन्वय एकाइ नुवाकोटले जनाएको छ । रासस