• १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
  •   Unicode
Logo
Latest
★   प्रचण्ड गर्मीकाबीच भारतमा दोस्रो चरणको मतदान सुरु ★   समीरको ‘पैसाको उडान’ बजारमा ★   जनताको आवश्यकता पुरा गर्न राजनीतिक दल संवेदनशिल हुनुपर्छः सांसद इन्दिरादेवी गौतम  ★   उपनिर्वाचनको दिन मतदान केन्द्रसम्म सार्वजनिक गाडी चलाउन पाइने ★   २८ सहसचिवको सरुवा (सूचीसहित) ★   विकराल बन्दै डढेलो ★   बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँः प्रधानमन्त्री ★   नेपाल र चीनबीच मानव संशाधन विकास र बोनम्यारो प्रत्यारोपण सम्बन्धी दुई सम्झौतामा हस्ताक्षर ★   पूर्वकर्मचारीहरुसँग देउवाले भनेः आगामी निर्वाचनमा काँग्रेसलाई पूर्ण बहुमत आउने गरी अभियान थाल्नुस् ★   सांसद शर्मा भन्छन्: छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ

वीरगञ्ज महानगरले आसिफ र आरिफलाई १–१ थान मोटरसाइकल दिने



काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका दुई जना सदस्यलाई वीरगञ्ज महानगरपालिकाले पुरस्कार स्वरुप मोटरसाइकल प्रदान गर्ने भएको छ ।

बिहीबार सम्पन्न विश्वकप क्रिकेट लिग–२ मा उत्कृष्ट प्रदर्शन गरी देशलाई क्वालिफायर छनोटमा पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने ओपनिङ ब्याट्सम्यान आसिफ शेख र अलराउण्डर आरिफ शेखलाई महानगरपालिकाले मोटरसाइकल उपहार दिने भएको हो ।

शेख दाजुभाइ वीरगञ्जका बासीन्दा हुन् । आईसीसी क्रिकेट विश्वकप लिग–२ को खेलमा आसिफ र आरिफले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्न लायक रहेकोले दुबैलाई पुरस्कार स्वरुप एक÷एक थान मोटरसाइकल प्रदान गर्न लागेको वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले बताए ।

राष्ट्रको शीर उच्च बनाउन सफल नेपाल राष्ट्रिय क्रिकेट टिमका सम्पूर्ण खेलाडीलाई बधाई तथा शुभकामना दिँदै महानगर प्रमुख सिंहले प्रतियोगितामा सहभागि वीरगञ्जका दुबै जना खेलाडीले प्रदर्शन गरेको खेल वीरगञ्जकै लागि गौरवको विषय भएकाले सम्मान स्वरुप मोटरसाइकल प्रदान गर्न लागेको उल्लेख गरे ।

राष्ट्रका गहनालाई सम्मान र प्रोत्साहन गर्नु सबै तहका सरकारको उत्तिकै दायित्व रहेकाले आफूहरूले वीरगञ्जका ऊर्जावान खेलाडीलाई थप हौसला बढाउन पुरस्कार दिन लागेको नगरप्रमुख सिंहको भनाइ छ ।