२१ असार २०८३, आईतवार
,
Latest
ब्राजिललाई हराउँदै नर्वे विश्वकपको क्वाटरफाइनलमा प्रवेश कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब एकल पुरुषलाई भत्ता



अ+ अ-

रोल्पा । रोल्पाको सुनिलस्मृती गाउँपालिका वडा नं ४ ले एकल पुरुषलाई मासिक भत्ता दिने भएको छ । गाउँपालिकाले उपलब्ध गराएको बजेटबाट आगामी आर्थिक वर्षदेखि वडाभित्रका ५० वर्ष उमेर काटेका एकल पुरुषलाई भत्ता दिने व्यवस्था गरिएको वडाध्यक्ष गंज क्षेत्रीले बताउनुभयो ।

यो कार्यक्रम गाउँसभाबाट समेत पारित भइसकेको उहाँको भनाइ छ । “सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत गाउँपालिकाभित्रका एकल पुरुषलाई भत्ताको व्यवस्था गर्न लागिएको हो”, वडाध्यक्ष क्षेत्रीले भन्नुभयो, “कार्यविधि निर्माण गरेर एकल पुरुषलाई मासिक एक हजार नगद दिइने छ । तर अन्य प्रकारका सामाजिक सुरक्षाभत्ता लिएकाहरू यो योजनामा समेटिने छैनन् ।” 

गाउँपालिकाले आर्थिक वर्ष २०७८-७९ का लागि वडालाई उपलव्ध गराएको रु ७० लाख बजेटबाट सामाजिक सुरक्षाको यस्तो कार्यक्रम अघि सारेको हो । वडाले आगामी वर्षका लागि भौतिक पूर्वाधारभन्दा सामाजिक विकासलाई विशेष जोड दिने गरी योजना तथा कार्यक्रम अघि सारेको बताइएको छ । त्यस्तै वडाभित्रका दलित, अपाङ्ग र असाहयका लागि निःशुल्क स्वास्थ्य बीमाको  कार्यक्रम समेत अघि सारेको छ । गाउँपालिका भित्र वसोवास गर्ने दुई सय सात दलित, अपाङ्ग र असाहायहरुका लागि निःशुल्क स्वास्थ्य बीमाको कार्यक्रम अघि सारिएको वडा कार्यालयले जनाएको छ । वडा कार्यालयले एकल पुरुषको सामाजिक सुरक्षा  भत्ताका लागि रु एक लाख ३० हजार तथा दलित, अपाङ्ग र असाहयको निःशुल्क स्वास्थ्य बीमाका लागि रु सात लाख २५ हजार बजेट विनियोजन गरेको छ ।

त्यस्तै वडाले शिक्षा र स्वास्थ्यलाई गरिब विपन्न वर्गको पहुँचसम्म पुर्‍याउन  यस्तो कार्यक्रम ल्याइएको हो । यसअघि शिक्षामा सवै बालबालिकाको पहुँच  पु¥याउन तथा पठन संस्कृतिको  विकास गर्न विद्यार्थीको घरघरमा शिक्षण सिकाइ कुना स्थापना गरेको थियो । गरिबलाई विद्युत्मा सहज पहुँच पु¥याउन निःशुल्क उज्यालो कार्यक्रम समेत कार्यान्वयनमा ल्याएको वडा कार्यालयले जनाएको छ । प्रतिमहिना २० यूनिटभन्दा कम विद्युत् खपत गर्ने घरधुरीको विद्युत् महसुल वडा कार्यालयले तिरिदिने गरेको छ । रासस