२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धनको सर्वसम्मत उम्मेदवार मै हुँ– रामसहाय यादव(भिडियोसहित)



अ+ अ-

काठमाडौं । उपराष्ट्रपति पदको उम्मेद्वार रामसहाय प्रसाद यादवले गठबन्धनबाट सर्वसम्मत उम्मेदवार आफू भएको बताएका छन् । जारी मतदान प्रक्रियामा भोट हालेर निस्कने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले गठबन्धनका सबै मतदाताले मत दिएर जिताउनेमा विश्वस्त व्यक्त गरे ।

जसपाकोे उम्मेदवार यादवले उपराष्ट्रपतिमा आफू विजयी भए संविधानको रक्षा र राष्ट्रिय एकताको प्रवर्द्धनमा जोड दिने बताए।
‘गठबन्धनको तर्फबाट सर्वसम्मत उम्मेदवार म नै हो । अब हाम्रो पूर्ण विश्वास छ, गठबन्धनका सबै सदस्यहरूले मत दिएर मलाई जिताउनु हुनेछ ।,यादवले भने, संविधानमा राष्ट्रपतिरउपराष्ट्रपतिको काम कारबाहीको बारेमा उल्लेख गरिएको छ । राष्ट्रिय एकताको प्रवर्द्धन र संविधानको रक्षा गर्नेछु ‘ ।

१० दलीय गठबन्धनबाट उपराष्ट्रपतिमा रामसहायसहित जसपाकी प्रमिला यादव र जनमतकी ममता झाले पनि उम्मेदवारी दिएका छन् । प्रमिलाले भने आफ्नो उम्मेदवारी निष्क्रिय पारेको र रामसहायलाई नै समर्थन गर्ने घोषणा गरेकी थिईन। यद्यपी, मतपत्रमा भने उनको नाम पनि छ । लोसपा, जनमत र नाउपाले ममतालाई अघि सारेका छन् ।