२४ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रपतिद्वारा भोटेकोशी बाढी प्रभावितको व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाउन सरकारलाई आग्रह नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ सदनमा प्रस्तुत नागरिकको आक्रोशलाई राज्यविरुद्धको प्रहार नठान्न रविको आग्रह हिमाल र हिमनदी निगरानीलाई राष्ट्रिय प्राथमिकता बनाउन सांसद राणाको माग साइबर बुलिङ गर्ने रास्वपा सदस्यलाई साधारण सदस्यबाटै हटाइने लामिछानेको चेतावनी भोटेकोसी बाढीका मृतकलाई ‘जलवायु अन्यायपीडित’ भन्दै न्यायका लागि पहल गर्ने लामिछानेको प्रतिबद्धता विपत्तिमा खिचातानी छाडेर राष्ट्रिय एकतामा जुट्न लामिछानेको आह्वान बाढी प्रतिकार्यमा सरकारको कामप्रति रवि लामिछाने सन्तुष्ट, भने– ‘प्रश्न गर्ने ठाउँ देखिनँ’ भोटेकोशी बाढीमा जलविद्युत् कर्मचारी उद्धार प्रभावकारी बनाउन सरकारसँग ठगुन्नाको आग्रह जेन–जीले परिकल्पना गरेको समाज निर्माण गर्न सक्यौँ कि सकेनौँ, गम्भीर समीक्षा गरौँ : अर्जुननरसिंह केसी
तपाईं के खोज्दै हुनुहुन्छ ?

यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा



फाईल फोटो
अ+ अ-

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग टूको अन्तिम खेलमा नेपालले युएईविरुद्धको खेल जितेर विश्वकप छनोटमा पुगेको छ ।

मौसम बदलीका कारण डीएलएस मेथडमा नेपाल युएई भन्दा अगाडि भएपछि खेल जितेको हो ।

यससँगै नेपाल जिम्बाबेमा हुने विश्वकप क्वालिफायरका लागि छनोट भएको छ । खराब मौसमका कारण अम्पायरहरूले खेल रोक्ने निर्णय गरेका थिए । नेपाल डीएल मेथडका आधारमा ९ रनले अगाडि भएको हो ।

जितको लागि ३ सय ११ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले ४४ ओभरमा ६ विकेट गुमाउँदै २ सय ६९ रन बनाउँदा खेल रोकिएको थियो । नेपालको जितमा गुलशन झा ४८ बलमा ४ चौका र २ छक्कासहित ५० अविजित रहे । दीपेन्द्र १० रनमा नटआउट रहे ।

नेपालको लागि भीम सार्की, कुशल भुर्तेल र आरीफ शेखले अर्धशतकिय ईनिङ खेले । भीम ७६ बलमा ९ चौका प्रहार गर्दै ६७ रनमा आउट हुदा भुर्तेल ३५ बलमा ४ छक्का र ३ चौकासहित ५० रन बनाएर आउट भए । यस्तै, आरीफले ६२ रनमा ५२ रन बनाए भने कप्तान रोहित पौडेल २५ बलमा १६ रन बनाएर आउट भए ।

बलिङतर्फ युएईका जुनैद्ध सिद्दिकले सर्वाधिक तीन विकेट लिए भने आयन खानले दुई र जहुर खानले एक विकेट लिए ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको युएईले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३१० रन बनाएको थियो। युएईका लागि आसिफ खानले शतक बनाएका थिए । उनले ४१ बलमा १०० रन पूरा गरेका थिए । आसिफ ओडिआईमा सर्वाधिक कम बलमा शतक प्रहार गर्ने चौथो खेलाडि बने । उनी १०१ रनमा अविजित रहे ।

यस्तै, युएईका कप्तान मोहम्मद वासिम, वृत्य अरविन्दले पनि अर्धसतक प्रहार गरेका थिए । अरविन्द १३८ बलमा ९४ रन बनाएर आउट भए भने वासिम ४९ बलमा ६३ रन बनाएर आउट भए । रोहन मुस्तफा २० रन बनाएर आउट भए ।

नेपालको लागि दिपेन्द्र सिङ ऐरीले २ विकेट लिए भने सन्दीप लामिछाने, ललित राजवंशी र सोमपाल कामीले एक एक विकेट लिए ।