८ मंसिर २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

युएईविरुद्ध भीम सार्कीको अर्धशतक



अ+ अ-

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा युएईविरुद्ध भीम सार्कीले अर्धशतक बनाएका छन् । उनले ६० बलमा ६ चौकाको सहयोगमा आफ्नो अर्धशतक पूरा गरेका हुन् ।

यसअघि कुशल भुर्तेलले पनि अर्धशतक बनाएका थिए। उनी ३५ बलमा ५० रन बनाएर आउट भए ।

ताजा स्थितीमा नेपालले २६.१ ओभरमा चार विकेटको क्षतिमा १५९रन बनाएको छ । नेपाललाई युएईले सोझै विश्वकप छनोटमा पुग्न ३ सय ११ रनको लक्ष्य दिएको छ ।