• १५ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 28 2024
  •   Unicode
Logo
Latest
★   सन्दर्भ गणतन्त्र दिवसः तिम्रा भागवण्डाको राजनीतिमा तिमीलाई भाग चाहिँ कहिले पुग्छ हँ ? ★   पूर्वपश्चिम राजमार्गको नवलपुर खण्ड एकतर्फी सञ्चालनमा ★   दुर्घटनालाई सम्झिँदै ऋषभले भने – आँखा खुल्दा अब बाँच्छु भन्ने लागेको थिएन ★   कर्णाली प्रदेशको बेरुजु चार अर्ब पुग्यो ★   ५–१० रुपैयाँको सपना देखेका रिुंकुको अहिले ५५ लाख तलब ★   ट्रान्सफर्मर बनाउने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु ★   भारतीय विमानभित्र बम भएको हल्ला झुटो साबित ★   गणतन्त्रको फलमा असिना पर्न नदिन कवि पराजुलीको अविराम लेखन ★   एक मुरी मकै फल्ने बारीमा ५० हजारभन्दा बढीको तरकारी उत्पादन ★   सर्‍यो बजेट भाषणको समय

नेपाली क्रिकेट टिमलाई शुभकामना दिँदै ओलीले भने– मलाई आजकै दिनको प्रतीक्षा थियो



फाईल फोटो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यूएईविरुद्धको खेलमा राष्ट्रिय क्रिकेट टीमलाई जितको शुभकामना दिएका छन् ।

यूएईसँगको खेल पूर्व ओलीले सामाजिक सञ्जालबाट नेपाली टीमलाई शुभकामना दिएका हुन् ।

ओलीले आफूलाई आजकै दिनको प्रतीक्षा रहेको उल्लेख गर्दै उच्च आत्मबलका साथ खेल्न भनेका छन् । उनले भनेका छन्,’मलाई आजको दिनको प्रतीक्षा अस्तिदेखि नै थियो । ऊच्च आत्मबलका साथ नेपाललाई विश्वकपमा प्रवेश गराउने सफलताको लागि नेपाली क्रिकेट टिमलाई शुभकामना ! राष्ट्र तपाईंहरुको साथमा छ, म तपाईंहरुको साथमा छु ।