• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

नेपाली क्रिकेट टिमलाई शुभकामना दिँदै ओलीले भने– मलाई आजकै दिनको प्रतीक्षा थियो



फाईल फोटो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यूएईविरुद्धको खेलमा राष्ट्रिय क्रिकेट टीमलाई जितको शुभकामना दिएका छन् ।

यूएईसँगको खेल पूर्व ओलीले सामाजिक सञ्जालबाट नेपाली टीमलाई शुभकामना दिएका हुन् ।

ओलीले आफूलाई आजकै दिनको प्रतीक्षा रहेको उल्लेख गर्दै उच्च आत्मबलका साथ खेल्न भनेका छन् । उनले भनेका छन्,’मलाई आजको दिनको प्रतीक्षा अस्तिदेखि नै थियो । ऊच्च आत्मबलका साथ नेपाललाई विश्वकपमा प्रवेश गराउने सफलताको लागि नेपाली क्रिकेट टिमलाई शुभकामना ! राष्ट्र तपाईंहरुको साथमा छ, म तपाईंहरुको साथमा छु ।