३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

मकवानपुरमा अन्तरपालिका फुटबल प्रतियोगिता हुने



अ+ अ-

हेटौंडा । मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा चैत ४ गतेदेखि दोस्रो संस्करणको अन्तरपालिका मकवानपुर जिल्ला स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ ।

हेटौंडा–५, पिप्लेस्थित क्याम्पा रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा कैलाश गाउँपालिका र भीमफेदी गाउँपालिकाबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो २ बजे सुरु हुनेछ । आइतबार हेटौंडा उपमहानगरपालिका र बकैया गाउँपालिकाबीच र राक्सिराङ गाउँपालिका र थाहा नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको सेमिफाइनल खेल चैत ८ गते र चैत ९ गते हुनेछ भने फाइनल खेल चैत ११ गते हुनेछ । मकवानपुरका १० वटै स्थानीय तहको सहभागिता रहने प्रतियोगितामा प्रवेश निस्शुल्क गराइने मकवानपुर जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख माधव कोइरालाले जानकारी दिनुभएको छ ।

प्रतियोगिताको विजेता टिमले प्रथम पुरस्कार २ लाख नगद र द्वितीय पुरस्कार १ लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछ । पहिलो संस्करणको अन्तरपालिका मकवानपुर जिल्ला स्तरीय फुटबल प्रतियोगिताको उपाधि थाहा नगरपालिकाले जितेको हो ।