२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

यूएईले पिएनजीलाई हरायो



अ+ अ-

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय श्रृंखलामा यूएईले पपुवा न्युगिनी (पिएनजी)लाई पराजित गरेको छ ।

कीर्तिपुरस्थित टियु मैदानमा बुधबार भएको खेलमा यूएईले पिएनजीलाई ६ विकेटले हराएको हो । पिएनजीले दिएको २३५ रनको विजयी लक्ष्य पछ्याएको यूएईले ३८.४ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य भेटाएको हो ।

यूएईका लागि कप्तान मुहम्मद वासिमले सर्वाधिक ११९ रनको शतकीय पारी खेले । विष्फोटक इनिङ्स खेलेका उनले १२ छक्का र ६ चौका प्रहार गरे । यस्तै, भृत्य अरविन्दले ५६ बलमा ३३ रन जोड्दा आयान अफजल खानले ३८ बलमा २७ रनको योगदानी दिए । यस्तै, चुन्डांगापोइल रिजवान ४४ बलमा २९ रनसहित अविजित रहे । आसिफ खानले ३ बलमा ११ रन जोडे ।

पिएनजीका रिले हेकुरेले दुई तथा काबुआ मोरीयाले एक विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ थालेको पिएनजीले निर्धारित ५० ओभरमा सात विकेटको क्षतिमा २३४ रन जोड्यो ।

पिएनजीका लागि कप्तान अशाद भालाले सर्वाधिक ६५ रनको योगदान दिए । ९२ बल खेलेका उनले ६ चौका र एक छक्का प्रहार गरे । यस्तै, नोर्मान भनुआ ४९ बलमा अविजित रहे ।

यस्तै, रिले हेकुरेले २२ बलमा ३३ रन जोड्दा किप्लिन डोरिगाले ६० बलमा २४ रन बनाए । आल्र्स अमिनिले ४४ बलमा २२ रन जोडे भने गाउडी टोकाले २५ बलमा १५ रन जोड्दै पेभिलियन फिर्ता भए ।

यूएईका लागि हजरत बिलालले चार विकेट लिँदा रोहन मुस्तफा र जवार फरिदले एक–एक विकेट लिए ।