९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुही चावलासँग बिहे गर्न चाहन्थे सलमान



अ+ अ-

एजेन्सी । एक समय थियो जब सलमान खान जुही चावलासँग बिहे गर्न चाहन्थे । यसका लागि सलमानले जुहीका पितासँग उनको हात पनि मागेका थिए । तर, जुहीका पिताले सलमानको प्रस्तावलाई स्वीकार गरेनन् ।

सलमान खानको एउटा पुरानो अन्तर्वार्ता भाइरल भइरहेको छ, जसमा उनले जुहीसँग विवाह गर्ने इच्छा व्यक्त गरेका छन् । तर, सन् १९९५ मा जुहीले व्यापारी जय मेहतासँग विवाह गरिन् । सलमान र जुहीले सन् १९९७ मा फिल्म ‘दिवाना मस्ताना’मा सँगै काम गरेका थिए ।

एक सामाजिक सञ्जाल प्रयोगकर्ताले सलमानको पुरानो अन्तर्वार्ताको छोटो क्लिप क्याप्सनका साथ सेयर गरेका छन् । सलमानले उक्त भिडियोमा भनेका छन्, ‘जुही धेरै प्यारी छिन्, मैले उनको बुबासँग विवाहको लागि हात मागेको थिएँ ।’

सलमान खानसँग सम्बन्धित यो भिडियो सन् १९९० को समयको हो । यो अन्तर्वार्ता भएको वर्षौं बितिसक्यो तर सलमान अझै पनि जीवनसाथीको खोजीमा छन् । जुहीले सन् १९९५ मा नै विवाह गरिन् । उनको प्रेमकथा पनि निकै रोचक छ । उनका पति जय मेहता पहिले नै विवाहित थिए । जब जुहीले जयलाई पहिलो पटक भेटेकी थिइन्, उनकी पहिलो पत्नी सुजाता बिर्लाको विमान दुर्घटनामा मृत्यु भएको थियो ।