५ असार २०८२, बिहीबार
,
Latest
नेपलको लगातार दोस्रो जित, नेदरल्यान्ड्स ६ विकेटले पराजित कोपिला भ्याली स्कूल विश्वका उत्कृष्ट १० मा छनोट कर प्रशासनलाई जनमैत्री बनाउन पहल गरिनेछः निर्देशक पौडेल नेदरल्यान्ड्सले नेपालसामु राख्यो १७५ रनको चुनौती गण्डकी प्रदेशस्तरीय क्रिकेटः नवलपुर फाइनलमा, उपाधिका लागि स्याङ्जासँग भिड्ने संस्कृति र सम्पदाको सदुपयोग गरे देश समृद्ध हुन्छ : मन्त्री पाण्डे ‘ओ एन्ड एम’मा अस्पताल व्यवस्थापक नसमेटेकोमा नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघको आपत्ति श्रीलङ्का टापुका कृषकलाई अनुदानमा कृषि उपकरण नेपालले नेदरल्याण्ड्सविरुद्ध बलिङ गर्दै पहिरोले अरनिको राजमार्ग बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुही चावलासँग बिहे गर्न चाहन्थे सलमान



अ+ अ-

एजेन्सी । एक समय थियो जब सलमान खान जुही चावलासँग बिहे गर्न चाहन्थे । यसका लागि सलमानले जुहीका पितासँग उनको हात पनि मागेका थिए । तर, जुहीका पिताले सलमानको प्रस्तावलाई स्वीकार गरेनन् ।

सलमान खानको एउटा पुरानो अन्तर्वार्ता भाइरल भइरहेको छ, जसमा उनले जुहीसँग विवाह गर्ने इच्छा व्यक्त गरेका छन् । तर, सन् १९९५ मा जुहीले व्यापारी जय मेहतासँग विवाह गरिन् । सलमान र जुहीले सन् १९९७ मा फिल्म ‘दिवाना मस्ताना’मा सँगै काम गरेका थिए ।

एक सामाजिक सञ्जाल प्रयोगकर्ताले सलमानको पुरानो अन्तर्वार्ताको छोटो क्लिप क्याप्सनका साथ सेयर गरेका छन् । सलमानले उक्त भिडियोमा भनेका छन्, ‘जुही धेरै प्यारी छिन्, मैले उनको बुबासँग विवाहको लागि हात मागेको थिएँ ।’

सलमान खानसँग सम्बन्धित यो भिडियो सन् १९९० को समयको हो । यो अन्तर्वार्ता भएको वर्षौं बितिसक्यो तर सलमान अझै पनि जीवनसाथीको खोजीमा छन् । जुहीले सन् १९९५ मा नै विवाह गरिन् । उनको प्रेमकथा पनि निकै रोचक छ । उनका पति जय मेहता पहिले नै विवाहित थिए । जब जुहीले जयलाई पहिलो पटक भेटेकी थिइन्, उनकी पहिलो पत्नी सुजाता बिर्लाको विमान दुर्घटनामा मृत्यु भएको थियो ।