२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको एकदिवसीय वरियतामा सुधार



अ+ अ-

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को नयाँ ओडिआई वरियतामा नेपालले सुधार गरेको छ । आइसिसीले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल एक स्थान सुधार गर्दै १६ औं स्थानमा उक्लिएको हो ।

नेपाल यसअघि १० मार्चमा भएको वरियतामा १७ औं स्थानमा थियो । नेपालले नामिबियालाई पछि पार्दै १६ औं स्थानमा उक्लिएको हो । नेपाल भन्दा पछि नामिबिया १७ औं, अमेरिका १८ औं, युएई १९ औं र पपुवा न्युगिनी २० औं स्थानमा छन् भने नेपाल भन्दा अघि ओमान १५ औं, नेदरल्यान्ड्स १४ औं, जिम्बावे १३ औं र स्कटल्याण्ड १२ औं स्थानमा छन् ।

यसैगरी भारत शीर्षस्थानमा रहँदा अष्टेलिया दोस्रो, न्युजिल्यान्ड तेस्रो, इंग्ल्यान्ड चौथो र पाकिस्तान पाँचौं स्थानमा रहेका छन् । टि–२० आई वरियतामा भने नेपाल १६ औं स्थानमा यथावत छ ।