२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पिएनजी र यूएई भिड्दै



अ+ अ-

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय श्रृंखलामा आज पपुवा न्युगिनी (पिएनजी) र यूएईबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित टियु मैदानमा खेल बिहान साढे ९ बजेदेखि सुरु हुनेछ ।

लिग–२ मा पिएनजीको यो अन्तिम खेल हो । ३५ खेलमा ५ मा जित २९ मा हारसहित ११ अंक जोडेको पिएनजी तालिकाको पुछारमा छ ।

यूएई ३४ खेलमा १४ मा जित र १७ मा हारसहित ३१ अंकका साथ छैटौँ स्थानमा छ । भोलि बिहीबार नेपाल र यूएईबीच श्रृंखलाको अन्तिम खेल हुनेछ ।

नेपाल ३५ खेलमा १८ मा जित र १५ मा हारसहित ३८ अंकका साथ चौथो स्थानमा छ । नेपाल अगाडि ३९ अंकका साथ नामिबिया तेस्रो र नेपालपछि ३५ अंकका साथ अमेरिका पाँचौ स्थानमा रहेका छन् ।




भर्खरै