५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति पौडेललाई चिनियाँ समकक्षी सीको बधाई



अ+ अ-

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई चिनियाँ समकक्षी सी चिनफिङले बधाई दिनुभएको छ ।

राष्ट्रपति सीले आज एक सन्देशमार्फत नेपाल–चीन हिमाल र नदीले जोडिएका मित्रवत् छिमेकी सन् १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै शान्तिपूर्ण सहअस्तित्वको राम्रो उदाहरण प्रस्तुत हुँदै आएको उल्लेख गर्नुभएको छ । दुई देशबीच रहीआएको मित्रता र पारस्परिक सहयोग निरन्तर विकास भइरहेको उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ ।

राष्ट्रपति सीले नेपाल–चीन सम्बन्धको विकासलाई आफूले निकै महत्त्व दिएको उल्लेख गर्दै दुई देशबीचको परम्परागत मित्रतालाई अगाडि बढाउन, आपसी राजनीतिक विश्वासलाई सुदृढ गर्न तथा उच्च गुणस्तरको बेल्ट एण्ड रोड सहकार्यलाई अगाडि बढाउन र विस्तार गर्न राष्ट्रपति पौडेलसँग मिलेर काम गर्न इच्छुक रहेको बताउनुभएको छ ।

राष्ट्रपति सीले सांस्कृतिक र दुई देशका जनताबीचको सहयोग आदानप्रदान सुदृढ गर्न, विकास र समृद्धिको लागि चिरस्थायी मित्रतासहितको सहयोगको रणनीतिक साझेदारीलाई निरन्तर प्रवद्र्धन गर्न इच्छुक रहेको उल्लेख गर्नुभएको छ । रासस