५ पुष २०८२, शनिबार
,
Latest
दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण ‘प्रदेश र स्थानीय तहलाई क्षेत्राधिकार हस्तान्तरण नहुँदा सङ्घीयता कमजोर बनेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

भन्सार छलेर ल्याएको पाँच लाखका सामग्री बरामद



अ+ अ-

नवलपुर । भन्सार छली गरेर ल्याइएको करिब रु पाँच लाखको सामग्री प्रहरीले बरामद गरेको छ । भन्सार छलेर ल्याइएको चिनी र रेडबुल मङ्गलबार साँझ प्रहरीले कावासोतीबाट बरामद गरेको हो । 

प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले लु१क ४६० नंको मिनीट्रकमा लुकाएर ल्याएको अवस्थामा चिनी र रेडबुल बरामद गरिएको जानकारी दिनुभयो । नवलपरासी (बर्दघाट–सुस्तापश्चिम)को रामग्राम नगरपालिका–१ का ४० वर्षीय पशुपति चमारले चलाएको उक्त सवारीसाधन जाँच गर्ने क्रममा चिउराको भुसले छोपेर ल्याउँदै गरेको बिनाबिलको ५० किलो तौलका १०० बोरा चिनी तथा १५ कार्टुन रेडबुल बरामद गरिएको गिरीले बताउनुभयो । 

प्रहरीले बरामद गरेको उक्त चिनीको मूल्य रु चार लाख तथा रेडबुलको मूल्य रु ९० हजार पर्छ । बरामद गरिएको सामग्रीसहित ट्रक र चालक तथा रामग्राम नगरपालिका–१ का ४१ वर्षीय हिरामणि मिश्रलाई महेशपुर भन्सार कार्यालयको जिम्मा लगाएको छ ।