११ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि स्थानीय तह परिचालन गर्ने मन्त्रालयको निर्णय ट्रक यातायात व्यवसायी महासंघद्वारा बाढीमा सम्पर्कविहीन ट्रक र चालकको विवरण माग ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग विपद् व्यवस्थापनमा साझा संयन्त्र र प्रभावकारी पूर्वसूचना प्रणालीमा जोड चीन कठिन समयमा नेपालसँगै छ : राजदूत चाङ माओमिङ विपद् व्यवस्थापनमा सर्वदलीय संयन्त्र बनाउन रवि लामिछानेको प्रस्ताव रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर राहत सहयोग घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भन्सार छलेर ल्याएको पाँच लाखका सामग्री बरामद



अ+ अ-

नवलपुर । भन्सार छली गरेर ल्याइएको करिब रु पाँच लाखको सामग्री प्रहरीले बरामद गरेको छ । भन्सार छलेर ल्याइएको चिनी र रेडबुल मङ्गलबार साँझ प्रहरीले कावासोतीबाट बरामद गरेको हो । 

प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले लु१क ४६० नंको मिनीट्रकमा लुकाएर ल्याएको अवस्थामा चिनी र रेडबुल बरामद गरिएको जानकारी दिनुभयो । नवलपरासी (बर्दघाट–सुस्तापश्चिम)को रामग्राम नगरपालिका–१ का ४० वर्षीय पशुपति चमारले चलाएको उक्त सवारीसाधन जाँच गर्ने क्रममा चिउराको भुसले छोपेर ल्याउँदै गरेको बिनाबिलको ५० किलो तौलका १०० बोरा चिनी तथा १५ कार्टुन रेडबुल बरामद गरिएको गिरीले बताउनुभयो । 

प्रहरीले बरामद गरेको उक्त चिनीको मूल्य रु चार लाख तथा रेडबुलको मूल्य रु ९० हजार पर्छ । बरामद गरिएको सामग्रीसहित ट्रक र चालक तथा रामग्राम नगरपालिका–१ का ४१ वर्षीय हिरामणि मिश्रलाई महेशपुर भन्सार कार्यालयको जिम्मा लगाएको छ । 




भर्खरै