२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण कोरियाबाट १०५ भिक्षु स्थलमार्ग हुँदै नेपालमा– तस्बिरहरु



अ+ अ-

काठमाडौँ । एक हजार किमी पदयात्रा गर्दै एक सय पाचँ कोरियन भिक्षु लुम्बिनी आइपुगेका छन् । कोरिया सरकारको संस्कृति, खेलकुद तथा पर्यटन मन्त्रालय मातहतको सांगवोल ग्यालसा सोसाइटीको अगुवाइमा आएका भिक्षुहरु भारतको नयाँ दिल्ली हुदै नेपाल आईपुगेका हुन् ।

उनीहरु बोधगया, सारनाथ, कुशीनगर, धर्मशालालगायत भारतका विभिन्न बौद्धस्थलको पदयात्रा सम्पन्न गरी ४० दिनको पैदल यात्रामा बुद्ध जन्मस्थल लुम्बिनी आइपुगेका हुन् । उनीहरु लुम्बिनी सडकखण्ड अन्तर्गत दानव नदीबाट पदयात्रा गर्दै मायादेवी मन्दिर पुगेका थिए । उनीहरुले लुम्बिनीमा विश्व शान्तिका लागि प्रार्थना र मायादेवी मन्दिरमा पूजाआजा गरे ।

भिक्षुहरुलाई प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरे र नेपालका लागि कोरियाका राजदूत पार्क चोङ सुकले  स्वागत गर्नुभएको थियो । उनीहरु बुधबार बिहान भारतस्थित बुद्धस्थल श्रँवस्तीसम्म पदयात्रा गर्दै जाने कार्यक्रम छ । फेब्रुअरी ९ तारिकदेखि पदयात्रा गरेका उनीहरु मार्च २३ मा कोरिया प्रस्थान गर्नेछन् ।

 




भर्खरै