३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण कोरियाबाट १०५ भिक्षु स्थलमार्ग हुँदै नेपालमा– तस्बिरहरु



अ+ अ-

काठमाडौँ । एक हजार किमी पदयात्रा गर्दै एक सय पाचँ कोरियन भिक्षु लुम्बिनी आइपुगेका छन् । कोरिया सरकारको संस्कृति, खेलकुद तथा पर्यटन मन्त्रालय मातहतको सांगवोल ग्यालसा सोसाइटीको अगुवाइमा आएका भिक्षुहरु भारतको नयाँ दिल्ली हुदै नेपाल आईपुगेका हुन् ।

उनीहरु बोधगया, सारनाथ, कुशीनगर, धर्मशालालगायत भारतका विभिन्न बौद्धस्थलको पदयात्रा सम्पन्न गरी ४० दिनको पैदल यात्रामा बुद्ध जन्मस्थल लुम्बिनी आइपुगेका हुन् । उनीहरु लुम्बिनी सडकखण्ड अन्तर्गत दानव नदीबाट पदयात्रा गर्दै मायादेवी मन्दिर पुगेका थिए । उनीहरुले लुम्बिनीमा विश्व शान्तिका लागि प्रार्थना र मायादेवी मन्दिरमा पूजाआजा गरे ।

भिक्षुहरुलाई प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरे र नेपालका लागि कोरियाका राजदूत पार्क चोङ सुकले  स्वागत गर्नुभएको थियो । उनीहरु बुधबार बिहान भारतस्थित बुद्धस्थल श्रँवस्तीसम्म पदयात्रा गर्दै जाने कार्यक्रम छ । फेब्रुअरी ९ तारिकदेखि पदयात्रा गरेका उनीहरु मार्च २३ मा कोरिया प्रस्थान गर्नेछन् ।