१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धन अबको ५ वर्षसम्म चल्नुपर्छ: विश्वप्रकाश शर्मा



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अबको पाँच वर्षसम्म यही गठबन्धन चल्ने बताएका छन् ।

नेपाल ट्रेड युनियन कांग्रेसले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा शर्माले पाँच वर्षसम्म संसदलाई विघटित नहुने गरी एकीकृत सोचका साथ अघि बढ्नुपर्ने बताएका हुन् ।

महामन्त्री शर्माले मुलुकको स्थिरताबाट नै देशको विकास र जनताको अपेक्षा पुरा हुने बताए । बाहिर हल्ला चलेजस्तो मुलुकको आर्थिक अवस्था धेरै नराम्रो नरहेको उनले बताए । उनले राज्यले राजनीतिप्रतिको वितृष्णा, अर्थतन्त्रका समस्या, व्यवसायीको पीडालगायत समस्या देखिएको भन्दै यी नकारात्मक संकेतहलाई उचित सम्बोधन गर्नुपर्नेमा जोड दिए ।