४ पुष २०८२, शुक्रबार
,
Latest
तीनदिने ‘आइडियाएक्स ह्याकाथन’ सुरु लागुऔषधसहित सिरहाबाट दुई जना पक्राउ डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत जलसँग जम्काभेट र जूनको उज्यालोमा सूर्योदयको आकांक्षा रविमाथि प्रतिशोध साँधिएको होः उपाध्यक्ष वाग्ले शीतलहरका कारण कृष्णपुरका विद्यालय दुई दिन बन्द रहने संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सभाको बिजनेस बन्नुपर्छ : उपाध्यक्ष घिमिरे बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धन अबको ५ वर्षसम्म चल्नुपर्छ: विश्वप्रकाश शर्मा



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अबको पाँच वर्षसम्म यही गठबन्धन चल्ने बताएका छन् ।

नेपाल ट्रेड युनियन कांग्रेसले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा शर्माले पाँच वर्षसम्म संसदलाई विघटित नहुने गरी एकीकृत सोचका साथ अघि बढ्नुपर्ने बताएका हुन् ।

महामन्त्री शर्माले मुलुकको स्थिरताबाट नै देशको विकास र जनताको अपेक्षा पुरा हुने बताए । बाहिर हल्ला चलेजस्तो मुलुकको आर्थिक अवस्था धेरै नराम्रो नरहेको उनले बताए । उनले राज्यले राजनीतिप्रतिको वितृष्णा, अर्थतन्त्रका समस्या, व्यवसायीको पीडालगायत समस्या देखिएको भन्दै यी नकारात्मक संकेतहलाई उचित सम्बोधन गर्नुपर्नेमा जोड दिए ।