१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’ News Polar जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित

विषाक्त खानाले मर्ने गिद्धको सङ्ख्या ६ पुग्यो

विषाक्त खानाले मर्ने गिद्धको सङ्ख्या ६ पुग्यो
अ अ+ अ-

कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा विषाक्त सिनो खाएर मर्ने गिद्धको सङ्ख्या छ पुगेको छ । साथै चार वटा बिरामी गिद्धलाई उद्धार गरेर कावासोती १३ मा रहेको जटायु रेष्टुराँमा उपचार गरिएको छ ।

मर्ने सबै गिद्ध लोपोन्मुख डङ्गर प्रजातीका हुन् । कावासोती नगरपालिका–३ नजिकै रहेको ज्योतिकुञ्ज सामुदायिक वन र अङ्कुर सामुदायिक वन क्षेत्र आसपास केरुङ्गे खोला नजिकै मृत अवस्थामा गिद्धहरु फेला परेपछि स्थानीयले प्रहरी र डिभिजन वन कार्यालयमा खबर गरेका थिए ।

गिद्ध मरेको खबर पाएलगत्तै घटनास्थलमा राष्ट्रिय प्राकृतिक संरक्षण कोषका चरा विशेषज्ञ चिकित्सक डा विकल्प कार्कीको नेतृत्वमा प्राविधिकको टोली पुगेर बिरामी गिद्धको प्राथमिक उपचार गरेको थियो ।

प्राथमिक उपचारपछि बिरामी गिद्धलाई जटायु रेष्टुराँमा ल्याएर थप उपचार गरिएको र गिद्धको स्वास्थ्यमा उल्लेखीय सुधार आएको डाक्टर कार्कीले बताउनुभएको छ । मरेका गिद्धको पोस्टर्माटम गर्दा पेटमा स्यालको सिनो भेटिएको थियो । विषाक्त खाना खाएर मरेको स्यालको सिनो खाएपछि गिद्ध मरेको प्रारम्भिक अनुसन्धानले देखाएको डा कार्कीको भनाइ छ ।

मरेका गिद्धको पोस्टमार्टमपछि सङ्कलन गरिएको नमुना र मरेको स्यालको नमुनासमेत परीक्षणका लागि डिभिजन वन कार्यालयमार्फत नेपाल प्रहरीको काठमाडौंँस्थित विधि विज्ञान प्रयोगशालामा पठाइने छ । प्रयोगशालाको अन्तिम रिपोर्ट आएपछि मात्रै कुन विषादीको कारणले स्याल र गिद्ध मरेका हुन भन्न सकिने डा कार्की बताउनुहुन्छ ।

घटनास्थल आसपास गिद्धको बासस्थान र बच्चा कोरल्ने गुँड नजिकै भएकाले धेरै सङ्ख्यामा गिद्ध बिरामी अवस्थामा हुनसक्ने भएकाले जटायु रेष्टुराँ र पक्षी संरक्षण सङ्घको संयुक्त टोली आसापासको जङ्गलमा मङ्गलबार खोजी गर्ने जटायु रेष्टुराँका अध्यक्षसमेत रहनुभएका चरा विज्ञ डिबी चौधरीले बताउनुभयो ।

मरेका घरपालुवाको जनावरमा विष मिसाएर स्याल मार्न खोज्दा मरेको स्यालको सिनो खाएर गिद्ध मरेकाले विषादी प्रयोग गरेर स्याल मार्नेको खोजी सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रहरी निरीक्षक साजन शर्माले जानकारी दिनुभयो ।

गत शनिबार मात्रै जटायु रेष्टुराँबाट चितवन राष्ट्रिय निकुन्जको कसरामा रहेको गिद्ध प्रजनन केन्द्रमा हुर्किएका १० वटा गिद्धलाई प्राकृतिक बासस्थानमा छोडिएको थियो ।

संरक्षणको क्षेत्रमा उदाहरणीय काम हँुदै गर्दा गिद्ध मरेको खबर सार्वजनिक भएपछि संरक्षणकर्मीको लागि चिन्ताको विषय भएको छ । यस क्षेत्रमा नौ प्रजातीका गिद्ध पाइन्छन् । रासस