१८ भाद्र २०८३, बिहीबार
,
Latest
सुरुङमा फसेकाको उद्धारमा सरकारले गम्भीरता नदेखाएको ज्ञानबहादुर शाहीको आरोप निष्क्रिय व्यवस्था जगाउन मात्रै विशेष सेवा विधेयक ल्याइएको हो : मन्त्री गौतम ‘नेपाल–भारतबीच दीर्घकालीन विद्युत व्यापार गर्ने सम्बन्धी सम्झौता’ प्रतिनिधि सभामा पेश सुशीला कार्की सरकारले लोकतान्त्रिक मूल्य–मान्यता भत्कायो, अहिलेको सरकारले सच्याउँदैछः रामकुमारी झाँक्री बाढीपछि नुवाकोट र रसुवामा वैकल्पिक सडक सञ्चालनमा त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङ खुलाउन उद्धार टोलीको निरन्तर प्रयास भूकम्पको तुलनामा बाढीको क्षति झनै विभत्सः गगन थापा भोटेकोसी बाढी: उद्धारमा खटिएका सुरक्षाकर्मी र कर्मचारीलाई जोखिम भत्ता दिइने बाढीबाट क्षतिग्रस्त सडक–पुल पुनर्निर्माणमा जोड दिन सांसद कँडेलको माग हिमाली जलवायु तथा विपद् कोष स्थापना गर्न सरकारसँग वर्षमान पुनको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनताको जनजीविकासँग जोडिने गरी काम गर्न रास्वपाको निर्देशन



file photo
अ+ अ-

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नेता तथा कार्यकर्तालाई जनताको दैनिक जनजीविकासँग जोडिने गरी काम गर्न निर्देशन दिएको छ । यही फागुन २७ गतेदेखि जिल्लाको सौराहामा जारी पार्टीको आन्तरिक प्रशिक्षणका क्रममा सहभागी नेताहरुलाई उत्पादन केन्द्रित रणनीति बनाएर काम गर्न निर्देशन दिइएको हो ।

प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका सभापति रवि लामिछानेले जनताको दैनिक जीवनसँग जोडिने गरी काम गर्न सबै तहका नेतृत्वलाई निर्देशन दिनुभयो । उहाँले उत्पादनमा देशलाई आत्मनिर्भर बनाउने गरी सङ्गठनले काम गर्नुपर्ने बताउनु भएको लामिछानेका निजी सचिव प्रकाश सिग्देलले जानकारी दिनुभयो ।

उहाँका अनुसार सभापति लामिछानेले सङ्गठनलाई चलयमान बनाउन स्थानीयस्तरसम्म सङ्गठन विस्तार आवश्यक रहेको उल्लेख गर्नुभयो । आगामी स्थानीय तहको निर्वाचन र प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा पार्टीलाई पहिलो पार्टी बनाउने गरी तल्लो तहबाट काम गर्न जरुरी रहेको उहाँको भनाइ थियो ।

प्रशिक्षणमा पार्टीका केन्द्रीय सदस्य, प्रतिनिधिसभा सदस्य र प्रदेश कमिटीका पदाधिकारीहरु सहभागी रहेको निजी सचिव सिग्देलले बताउनुभयो । प्रशिक्षणमा पार्टीका उपसभापति डोलप्रसाद अर्याल, महामन्त्री डा मुकुल ढकाल, सङ्गठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटीलगायतले प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षणका क्रममा पार्टीको विधान, साङ्गठनिक संरचना, अधिकारका विषयमा छलफल भएको उहाँले बताउनुभयो । कार्यक्रम आजसम्म सञ्चालन हुने बताइएको छ । रासस