२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक वर्ष नपुग्दै वर्षाको सम्बन्धविच्छेद, आशिषले गरे अर्को विवाह



अ+ अ-

काठमाडौं । नायिका वर्षा सिवाकोटीको विवाह भएको एक वर्ष नपुग्दै सम्बन्धविच्छेद भएको छ ।

वर्षाले गत वैशाख ९ गते अमेरिका बस्दै आएका आशिष गेलसँग लगनगाँठो कसेकी थिइन् । छोटो समयको प्रेमपछि उनीहरुले परम्परागत तवरले विवाह गरेका थिए। तर, आपसी असमझदारीका कारण उनीहरु १० महिनामै अलग भएका हुन् ।

बिहेपछि वर्षा पनि अमेरिका गएर श्रीमान आशिषसँग बस्न थालेकी थिइन् । तर, उनी छोटो समयमै नेपाल फर्किएकी थिईन् । उनले सामाजिक सञ्जालबाट श्रीमानका तस्वीरहरु हटाएपछि सम्वन्धमा दरार आएको शंका गर्न थालिएको थियो । तर, आशिषले अर्को विवाह गरेपछि शंका सत्यतामा बदलिएको छ ।

आशिषले झापाकी युवती समिक्षा विमलीसँग मागी विवाह गरेका छन् । उनीहरुको हिजो झापामै विवाह भएको हो ।