५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक वर्ष नपुग्दै वर्षाको सम्बन्धविच्छेद, आशिषले गरे अर्को विवाह



अ+ अ-

काठमाडौं । नायिका वर्षा सिवाकोटीको विवाह भएको एक वर्ष नपुग्दै सम्बन्धविच्छेद भएको छ ।

वर्षाले गत वैशाख ९ गते अमेरिका बस्दै आएका आशिष गेलसँग लगनगाँठो कसेकी थिइन् । छोटो समयको प्रेमपछि उनीहरुले परम्परागत तवरले विवाह गरेका थिए। तर, आपसी असमझदारीका कारण उनीहरु १० महिनामै अलग भएका हुन् ।

बिहेपछि वर्षा पनि अमेरिका गएर श्रीमान आशिषसँग बस्न थालेकी थिइन् । तर, उनी छोटो समयमै नेपाल फर्किएकी थिईन् । उनले सामाजिक सञ्जालबाट श्रीमानका तस्वीरहरु हटाएपछि सम्वन्धमा दरार आएको शंका गर्न थालिएको थियो । तर, आशिषले अर्को विवाह गरेपछि शंका सत्यतामा बदलिएको छ ।

आशिषले झापाकी युवती समिक्षा विमलीसँग मागी विवाह गरेका छन् । उनीहरुको हिजो झापामै विवाह भएको हो ।